Close

Recent Posts

एमालेको विधान संसोधन, १९ पदाधिकारी र ३०१ केन्द्रिय सदस्य रहने

एमालेको विधान संसोधन, १९ पदाधिकारी र ३०१ केन्द्रिय सदस्य रहने
  • २९ मंसिर २०८२, आईतवार १३:४५

काठमाडौँ । हिजो महाधिवेशन उद्घाटन सत्र सकेको नेकपा एमालेले महाधिवेशन बन्दसत्र सुरुहुनु अघि विधान संसोधन गरेको छ । संसोधिन विधान अनुसार १९ पदाधिकारी र ३०१ केन्द्रिय सदस्य रहने गरि संसोधन गरिएको हो ।

mulpatra

पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान संसोधनको प्रस्ताव अघिल्लो सचिवालय बैठकमा पेश गरेका थिए तर त्यहाँ पनि उनको प्रस्तावको विपक्षमा हुने देखिएपछि पछि हटेका थिए । तीन महिना अघि पारित विधान आफु अनुकुल नहुनेभएपछि ओलीले प्रस्ताव गर्न लगाएको विधान संशोधन गर्ने या नगर्ने भन्ने विषयमा तीव्र विवाद देखिएपछि ओली पक्षिय बहुमत रहेको कारण विधान संसोधन गर्न सफल भएका छन् ।

विधान संसोधन गरेर धेरै नेता कार्यकर्तालाई व्यवस्थापन नगरे ओली आफै हार्नेहुनकी भन्ने सम्भावना बढीरहेको बेला विधान संशोधन गरेर पार्टी पदाधिकारी र केन्द्रीय सदस्य बढाउन सफल भएका छन् ।
विधानमा वरिष्ठ उपाध्यक्ष पद भने हटाएको छ ।

mulpatra mulpatra mulpatra

नयाँ विधानमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन, सचिव नौं गरी १९ पदाधिकारी बनाएको हो ।