पोखरेललाई सरी भन्दै ओलीले समस्यामा परेका बेला साथ मागेको हुँ भन्ने धारण राखे
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुनियाँले लखेटेर सत्तोसराप गरेका बेला आफ्नो पार्टीभित्र वरिपरिका साथीहरूबाट माया पाउनुपर्नेमा नेतृत्व छाड भनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेका कुराको जवाफ दिँदै ओलीले आफ्नो निरन्तरताले पार्टी ध्वस्त पर्न सक्छ भन्ने पोखरेलको दाबीमा सहमत हुन नसकिने बताए । उनले आफूले पार्टी, देश र जनताको शीर निहुरिने काम कहिल्यै नगरेको दाबी गरे ।
ओलीले भने, दुनियाँ विरोधीहरुले लखेटेर अरू कोही नपाए जसरी केप ओली एक्लो व्यक्तिलाई गालीगलौज, सत्तोसराप गरेका बेला मेरा वरिपरिका प्रिय कमरेडहरुले झन् माया गर्नुपर्ने होइन रु डोकोमा हालेर फाल्छौं भनेर त कहाँ हुन्छ र ।
![]() |
![]() |
![]() |
|---|
आफू १८ घण्टा खटेर काम गर्ने अवस्थामा अहिले पनि रहेको भन्दै ओलीले आफ्नो नेतृत्वमा सबै मिलेर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव समेत राखे । ओलीले जेनजी आन्दोलन र विध्वंसबारे विरोधीहरूले बनाएको भाष्य एमालेले स्वीकार नगर्ने समेत प्रष्ट पारे ।
ओलीले भने कु समयमा मलाई फाल्न डोको खोजिन्छ भने फेरि साथीहरूले ईश्वर कमरेड डोको फिर्ता लैजाऊँ है, तपाईँलाई पनि फाल्नुपर्छ भन्छन् । मेरो तर्फबाट घच्चमच्च भएको छ भने सरी ।



