प्रसाईसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्व ३ सदस्य टोली, प्रसाईले भने व्यक्ति निष्पक्ष पठाउने तयारी
काठमाडौं–अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईलाई फेरी वार्ताका लागि पत्रचार गरेकी छिन् । प्रसाईको टोलीलाई आगामी पुस २ गतेका लागि वार्तामा बोलाइएको जानकारी गराउन प्रधानमन्त्री कार्यालय विज्ञप्तीमा भनिएको छ ।

प्रसाईलाई सरकारले आज पत्रचार गदै सञ्चारमन्त्री जगदीश खरेलका संयोजकत्वमा पुस गते वार्ताका लागि पत्रचार गरिएको छ । खरेलसँगै अजयभद्र खनाल र गोविन्द नारायण तिमिल्सिनालाई वार्ता टोलीमा तोकिएको छ । प्रसाईले भने भोली सल्लाह गरेर निष्पक्ष वार्ता टोली गठन गर्ने बताएका छन् ।
प्रसाईलाई पठाएको विज्ञप्ती
![]() |
![]() |
![]() |
|---|

सरकारले गठन गरेको वार्ता टोलीसँग वार्ताका लागि म महाअभियानभन्दा बाहिरका व्यक्ति पनि पठाउन सक्ने प्रसाईले बताए । जसले आफना माग र जनताको आवश्यकता बुझेर वार्ता गरोस भन्ने पक्षमा आफु रहेको उनले बताए ।
नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्कीसँग विस्तृत छलफल चलिरहेको हो ।
Image Source: © https://mulpatra.com
वार्तामा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन् । स्रोतका अनुसार, प्रसाईंको तर्फबाट १९ जना वार्तामा सहभागी छन् ।
भेटघाटले राजनीतिक तनावपूर्ण वातावरणमा नयाँ मोड ल्याउने बताइएको छ



