तीनै वटा स्वास्थ व्यवसायीले स्वास्थ शिविर सञ्चालन गरेर मनाए आप्रवासन दिवस
काठमाडौं – वैदेशिक राेजगारीमा जाने कामदारकाे स्वास्थ परिक्षण गदै आएका स्वास्थ व्यवसायीले आप्रवासन दिवस मनाएका छन् ।

आप्रवासन दिवसको उपलक्षमा ” श्रम आप्रवासनका चक्रमा सुशासन: सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन” भन्ने मुल नाराका साथ मुल आयोजक श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय रहेको र नेपाल स्वास्थ्य ब्यवसायी महासंघ, नेपाल मेडिकल ब्यवसायी संघ र गाम्का नेपालको संयुक्त आयोजनामा बृहत नि:शुल्क स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम नेपाल स्वास्थ्य ब्यवसायि महासङको कार्यलय, सिनामंगल काठमाडौमा सफलताका साथ सम्पन्न गरेकाे छ ।
उक्त कार्यक्रमको अध्यक्षता कैलास खड्काले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तब्य महेश्वर श्रेष्ठ र संचालन कृष्ण प्रसाद बजगाईले गरेका थिए ।
![]() |
![]() |
![]() |
|---|
साथै कार्यक्रमको प्रमुख अतिथिको रुपमा श्रम सचिव डा कृष्ण हरि पुष्कर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बिशेष अतिथिको रुपमा सहसचिव पिताम्वर घिमिरे, महानिर्देशक कमल भट्टराई वैदेशिक रोजगार बिभाग, महानिर्देशक गुरुदत्त उप्रेती वैदेशिक रोजगार बोर्ड, मलेसियान दूतावासका नि. राजदुत मा महमद फर्दोस सहित मन्त्रालयका अन्य ब्याक्तीत्वहरुको पनि रहेको थियो ।
उक्त कार्यक्रम ब्यवसायिको संयुक्त समिती मार्फत संचालन गरिएकोमा संयोग धन बहादुर गिरिले गर्नु भएको थियो !
आजको कार्यक्रममा जम्म २३४ जनाले स्वास्थ्य सेवा लिनु भएको थियो ।
जस मध्ये सामान्य चेकजाँच १५४ जनाले गरे भने स्त्रीरोग परामर्श २१ जनाले, भिडियो एक्सरे सेवा ५३ जनाले, औषधी बितरण ३२ जनाले र रक्तदान ५७ जानाले गरि श्रमिकले सेवा लिनु भएको थियो श्रम सचिव पुष्करले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र ब्यवस्थित गर्ने हामी सबैले हातेमालो गर्न आवश्यक रहेका धारण राखे ।
Image Source: © https://mulpatra.com
अन्त्यमा कार्यक्रमका अध्यक्ष कैलाश खड्काले शबैलाई शुभकामना सहित हाम्रो ब्यवसाय प्रती भएको बिवेदले हामी कोहि ब्यवासायी बिचल्लीत नहुन तथा कानुनी राज्यमा न्याय पाउने कुरामा बिस्वस्त रहने जानकारी दिदै कार्यक्रममा उपस्थिति सबै सरोकारवाला, ब्यवासायी, आम जनता जो सेवा लिन आउनु भएका र सञ्चारकर्मी धन्यवाद दिए ।



