Close

Recent Posts

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

सकियो सरसफाइ सप्ताह, सुध्रिएन सिंहदरबार परिसरका शौचालय

सकियो सरसफाइ सप्ताह, सुध्रिएन सिंहदरबार परिसरका शौचालय
  • ७ जेष्ठ २०८३, बिहीबार ०९:४२

काठमाडौं– सरकारले हालै ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन गरेको थियो । जेठ १ गतेसम्म संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह चलाइएको थियो ।

mulpatra

यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरेको थियो ।
सरसफाइ सप्ताह सकिए पनि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरको सार्वजनिक शौचालयको अवस्था भने नाजुक रहेको भेटिएको छ । शौचालय हेर्दा सफा देखिए पनि, शौचालय प्रयोग गरेर फ्लस गर्न पानीको व्यवस्था समेत नहुँदा आगन्तुकले सास्ती समेत भोग्नु परेको छ ।

ढोकाको चुकुल नलाग्नु, पानीको व्यवस्था नहुनाले शौचालय फोहर भई प्रयोग गर्न समेत नहुने अवस्थामा रहेको छ ।

mulpatra mulpatra mulpatra

सरकारले सरसफाइलाई प्राथमिकता दिए पनि सिंहदरबार परिसरकै शौचालयको यस्तो अवस्था रहनाले सरोकारवाला निकायले समयमै ध्यान पुर्याउन आवश्यक देखिन्छ ।