प्रधानमन्त्री र रास्वपा अध्यक्ष रबि लामिछाने बीच भेटवार्ता
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबि लामिछाने र प्रधानमन्त्री बीच भेटवार्ता भएको छ । पुष ४ गते जेलबाट रिहा भएपछि पहिलोपल्ट लामिछाने प्रधानमन्त्री सुशीला कार्की भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीलाई भेट्न जानेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू शिशिर खनाल र सोभिता गौतम पुगेका समेत छन् ।
समसामयिक राजनीति र सरकारले तोकेको फागुण २१ को निर्वाचनको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछानेलाई थुनामा पठाएका थिए । तर अदालतले लामिछानेलाई धरौटी लिएर छोड्न आदेश दिए लगत्तै लामिछाने जेलबाट रिहा भएका थिए ।
