मधेश प्रदेश सभामुख चयनः लिए पद तथा गोपनियताको सपथ

मधेश प्रदेश सभामुख चयनः लिए पद तथा गोपनियताको सपथ
  • ७ पुष २०८२, सोमबार ०५:४५

काठमाडौं । मधेश प्रदेशमा सभामुख निर्वाचित भएका छन् । नवनिर्वाचित सभामुख राम अशिष यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।

mulpatra

प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सभामुख यादवलाई सपथ ग्रहण गराएका छन् ।

मधेश प्रदेशका पुर्व सभामुख रामचन्द्र मण्डललाई पद अनुकुल आचरण नगरेको भन्दै प्रदेश सभाको दुई तिहाई बहुमतले पदमुक्त गरेको थियो ।

mulpatra mulpatra mulpatra

मधेश प्रदेश सभाको बैठकले मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गर्दै मण्डललाई हटाएपछि सभामुखपद रिक्त रहेको थियो ।

उक्त रिक्त पदमा नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवको उम्मेदवारी परेको थियो ।

आज सम्पन्न प्रदेशसभा बैठकमा सातदलीय गठबन्धनबाट उम्मेदवार रहेका यादवले ९६ सांसद उपस्थितमध्ये ७२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । विपक्षमा २४ मत परेको थियो।

Image Source: © https://mulpatra.com

यादव धनुषा निर्वाचन क्षेत्र नं २ ख बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् र जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।