Close

Recent Posts

वीरेन्द्र माध्यमिक विद्यालय झापाका पूर्व विद्यार्थीलाई सम्मान

वीरेन्द्र माध्यमिक विद्यालय झापाका पूर्व विद्यार्थीलाई सम्मान
  • ८ पुष २०८२, मंगलवार १६:२९

काठमाडौं । वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रगढी झापाका २०३१ सालमा एस.एल.सी. दिएका विद्यार्थीहरुलाई सम्मान गरिएको छ । पूर्व विद्यार्थीहरुको संगठन वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौंद्वारा आयोजित वनभोज कार्यक्रममा २०३१ सालका एस.एल.सी. दिएका विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

mulpatra

२०३१ सालमा उक्त विद्यालयबाट एसएलसी उत्तिर्ण विद्यार्थीहरुमा पुष्कर श्रेष्ठ, मदन खरेल, भोगेन्द्र भुर्तेल, तुलसा आचार्य, मीना पौडेल, डिल्ली मैनाली, तारानीधि भुर्तेल, शिव ओझा, डा. कैलाश श्रेष्ठ, देवी प्रसाई, विजया लक्ष्मी श्रेष्ठ, शान्ति पोखरेल, लिला मैनाली थपलिया रहेका छन् ।

२०१२ सालमा स्थापित वीरेन्द्र मा.वि. झापाकै पुरानो विद्यालय मध्येको एक हो । झापाको सदरमुकाममा रहेकको त्यस विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरु मिलेर २०५६ सालमा वीरेन्द्र एलुम्नाई एसोसिएसन गठन भएको थियो । एसोसिएसनले विद्यालयको स्थापनाको ५०औं बर्षगाँठको अवसरमा स्मारिका प्रकाशन र छात्रवृत्ति समेत प्रदान गरेको छ ।

mulpatra mulpatra mulpatra

सोही एसोसिएसनबाट विभिन्न सामाजिक कार्यहरु लगायत विद्यालयको विकासको लागि लामो समयदेखि काम गर्दै आइरहेको एसोसिएसनका महासचिव प्रज्ववल कोइरालाले बताएका छन् । विद्यालयको विकासका लागि एसोसिएसनले अक्षयकोषको समेत स्थापना गरेको छ ।

एसोसिएसनले प्रत्येक बर्ष एलुम्नाईको मुखपत्र ‘प्रयास’ प्रकाशन गर्दै आइरहेको छ । प्रयास प्रकाशन कार्यले विद्यालयसँग सम्बन्धीत संस्मरण, श्रृजनात्मक लेख रचना र साहित्यलाई समेत बढाउने काम गरिरहेको छ ।
‘विद्यालयबाट हरेक बर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई नगद १० हजार सम्मान रासीले सम्मानित गर्ने गरेको, विद्यालयमा ई–लाइब्रेरीको स्थापना गरेर झापाकै नमुना विद्यालयको रुपमा स्थापित गर्न एशोसिएसनले सहयोग गरिरहेको’ कोइरालाले बताएका छन् ।

प्रत्येक बर्ष आयोजना हुने वनभोज कार्यक्रम यसपालि भक्तपुरको सल्लाघारीमा आयोजना गरिएको आयोजकले जनाएका छन् ।

Image Source: © https://mulpatra.com