Close

Recent Posts

युएईको आबुधाबी स्थित नेपाली दुतावासका राजदुत तेजबहादुर क्षेत्रीले गरे समाचारको खण्डन

युएईको आबुधाबी स्थित नेपाली दुतावासका राजदुत तेजबहादुर क्षेत्रीले गरे समाचारको खण्डन
  • १३ पुष २०८२, आईतवार १३:०४

काठमाडौं । युएईको आबुधाबी स्थित नेपाली दुतावासका राजदुत तेजबहादुर क्षेत्रीले नेपाली कामदारको समस्या र आवुधावी स्थिति नेपाली दुतावासका बारेमा आएको समाचारको खण्डन गरेका छन् ।

mulpatra

उनले मुलपत्र मिडियामा विभिन्न मितिमा प्रकाशित, प्रसारित समाचार सामाग्रीका सम्वन्धमा खण्डन गरेका हुन् ।
२९ कार्तिक २०८२, शुक्रबार “यूएईबाट भिसा इष्यु सुरु भयो, परराष्ट्रकै पहलमा रोजगारी खुलेपछि जस लिन राजदूत क्षेत्रीको अग्रसरता” शिर्षकले भ्रम छर्ने काम गरेको उनको भनाई छ । यूएई सरकारले आफ्नै नीतिगत कारणले भिसा प्रक्रिया थप व्यवस्थित, नियन्त्रण तथा नियमित गर्न लागेको अवस्थामा दुतावासलाई दोष दिनुले भ्रम छरेको बताएका छन् ।

खण्डनमा मिति २८ कार्तिक २०८२, बिहीबार “राजदूत क्षेत्रीले कुटनीतिक पहल नगर्दा २ महिनादेखि यूएईको रोजगारी बन्द, ५० हजार बढी डिमाण्डको म्याद सकिदै” शिर्षिकमा समाचार बनाई दिग्भ्रमित बनाउन खोजेको राजदुतले आरोप लगाएका छन् ।

मिति २८ आश्विन २०८२, मंगलवार “मागपत्र प्रमाणिकरणमा पैसा असुल्न चतुर राजदूत क्षेत्रीले जेनजी आन्दोलनपछि रोकिएको भिसा खुलाउन युएईसँग छलफल गर्न सकेनन” शिर्षकमा झुठा बिबरण रहेको, मिति १३ श्रावण २०८२, सोमबार १५स्०७ मा मेरो तस्विर दुरुपष्योग गरी “यूएईका राजदूत क्षेत्रीको पैसाको खेती, रोजगारदातालाई वाक्क बनाएर डिमाण्ड– कोटामा बार्गेनिङ” सो समाचार पनि असत्य र जनतालाई भ्रममा पार्ने दुष्प्रचार गरेको आरोप लगाएका छन्।

५ श्रावण २०८२, आईतवार “कन्सुलरको अनलाइनबाट डिमाण्ड लुकाउने चलखेलःसर्भर डाउन हुँदा मागपत्रका ७ सय बढी फाइल नै हराए” शिर्षकमा राजदुतको फोटो समेत समाचारमा राखेर भ्रम छरेको, ३ श्रावण २०८२, शुक्रबार “वैदेशिक रोजगारीमा अनलाइनको बेखेण्डाः कन्सलुर र राजदूतहरुको ठगि धन्दा, मारमा श्रमका कर्मचारी, व्यवसायी र कामदार” शिर्षकमा दुतावास तथा महामहिम राजदुतप्रति भ्रम सिर्जना गर्ने गरी तथा दुताबासको संस्थागत बदनाम गर्ने उद्देश्य रहेको विषय समेत खण्डन गरेका छन् ।

समाचारहरुमा झुटा विवरण र भ्रमपूर्ण समाचार प्रकाशित गरिएको र फेरीदेखि दुताबाससँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा नेपाली राजदूतावास आबुधावीको वेवसाईटमा दिईएको बिबरण, मन्त्रालयको प्रवक्तासंग तथा दूतावास र प्रवक्तासँग आधिकारिक प्रतिक्रिया लिई समाचार सम्प्रेषण गर्न समेत अनुरोध गरेका छन् ।

समाचारको खण्डनः