Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

मलेसियाका पुर्व प्रधानमन्त्री नाजिबलाई १५ वर्ष जेल, ११.४ अर्ब रिंगिट जरिवाना

मलेसियाका पुर्व प्रधानमन्त्री नाजिबलाई १५ वर्ष जेल, ११.४ अर्ब रिंगिट जरिवाना
  • १३ पुष २०८२, आईतवार १६:०३

काठमाडौं– मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भए पछि १५ वर्षको जेल सजाय सुनाइएको भएको हो ,

mulpatra

मलेसियाको क्वालालम्पुर उच्च अदालतले शुक्रबार फैसला सुनाएको स्थानीय सञ्चार माध्यम द–स्टार लगायतमा समाचार छ । नाजिबलाई राज्य लगानी कोष १– मलेसिया डेभलपमेन्ट बरहाद (१–एमडिबी) बाट अवैध रूपमा २.२ अर्ब मलेसियन रिङ्गिट (करिब ५४ करोड ३० लाख अमेरिकी डलर) आफ्नो व्यक्तिगत बैंक खातामा हस्तान्तरण गरेको अभियोगमा दोषी ठहर गरिएको स्थानीय सञ्चार माध्यम द–स्टार लगायतमा समाचार प्रकाशित छ ।

क्वालालम्पुर उच्च अदालतले शुक्रबार फैसला सुनाएको स्थानीय सञ्चार माध्यम द–स्टार लगायतमा समाचार प्रकाशित छ । अदालतले उहाँलाई शक्तिको दुरुपयोग गरेको चार वटा आरोप र सम्पति शुद्धिकरणको २१ वटा अभियोगमा दोषी ठहर गरेको छ। फैसला सुनाउँदै न्यायाधीश कोलिन लरेन्स सेक्वेराहले यो मुद्दा राजनीतिक रूपमा सञ्चालित भएको भन्दै नाजिबको बचाउलाई अस्वीकार गर्नु भएको छ ।

mulpatra mulpatra mulpatra

उहाँले “अभियुक्त आफूमाथि लगाइएका आरोपहरूमा राजनीतिक रूपले प्रेरित भन्ने तर्कलाई निर्विवाद खारेज गर्दै अभियुक्तले १–एमडिबीमा आफ्नो शक्तिशाली पदको दुरुपयोग गरी कसुरदार ठहर भएको बताउनु भएको छ ।

नाजिबले प्रधानमन्त्री, अर्थमन्त्री र १–एमडिबीको सल्लाहकार बोर्डको अध्यक्षको रूपमा आफ्नो भूमिकाको दुरुपयोग गरी एक दशक भन्दा पहिले सार्वजनिक कोषलाई व्यक्तिगत लाभका लागि प्रयोग गरेको समाचारमा जनाएको छ ।

१–एमडिबी काण्डसँग सम्बन्धित नाजिबको यो दोस्रो सजाय हो । यस अघि सन् २०२० मा कोषबाट करिब एक करोड अमेरिकी डलरको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरी १२ वर्षको जेल सजाय सुनाइएको थियो भने पछि सजाय घटाएर छ वर्षमा झारेको थियो। गत वर्ष नाजिबले १–एमडिबी विवादमा आफ्नो भूमिकाका लागि मलेसियालीहरूसँग माफी मागेको समेत जनाइएको छ ।

Image Source: © https://mulpatra.com