नयाँ बर्ष (पुस १७) देखि खुल्ने भयो रसुवागढी नाका

नयाँ बर्ष (पुस १७) देखि खुल्ने भयो रसुवागढी नाका
  • १४ पुष २०८२, सोमबार ०७:५६

काठमाडौँ । नेपालको र चीनको प्रमुख व्यापारीक नाका रसुवागढी १ जनवरी २०२६ अर्थात पुस १७ गते देखि सञ्चालनमा आउने भएको छ । गत असारमा आएको बाढीले बगाएको पुलमा बेलिब्रिज जडान कार्यसकिएको र पूल तयार भैसकेकोले सन्चालनमा आउने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जनाएका छन् ।

mulpatra

गत २४ असारमा भोटेकोशीमा अकस्मात आएको विषण बाढीले मितेरी पुल बगाएको थियो । पुल बगाएपछि सो नाका पूर्णरूपमा अवरुद्ध भएको थियो ।

चीनतर्फबाट आएको बाढीले रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ६ जना चिनियाँ नागरिकसहित १८ जना वेपत्ता भएका थिए भने सयौं गाडीसमेत बगाएको थियो । सुख्खा बन्दरगाहमा रहेका कन्टनरहरुसहित नयाँ विद्युतीय गाडीहरू पनि बाढीले बगाएको छ ।

चीन व्यापारको महत्वपूर्ण नाका बन्द हुँदा नेपालको चीनमा आश्रित व्यापारलाई असर गरेको थियो । सोही कारण नेपाल र चीनको द्विपक्षीय पहलमा निर्माण गरिएको बेलिब्रिजको प्राविधिक परीक्षण समेत सम्पनन भइसकेकोले सन्चालनमा आउने भएको छ ।

रसुवागढी नाका बन्द भएपछि चीनसँगको मुख्य व्यापार मुस्ताङको कोरला र सिन्धुपाल्चोकको तातोपानी हुँदै सञ्चालन हुँदै आएको थियो । तातोपानी नाका पनि लामो समय बाढी र पहिरोका कारण बन्द रहँदा व्यापार प्रभावित भएको थियो, जसले चाडबाडको समयमा व्यापारीलाई ठूलो नोक्सानी पुर्‍याएको थियो ।