दमक उद्योग वाणिज्य संघको महिला सदस्यतर्फ गोपाल नेतृत्वमा बसुधा कडरियाको उम्मेदवारीमहिलाले व्यवसायीलाई सफल बनाउन संघर्ष र प्रत्यन्न गरिरहन्छन्
काठमाडौं– दमक उद्योग वाणिज्य संघको यही पुष १८ गते हुने निर्वाचन हुँदै छ । जसमा तीन वटा समूहले आ–आफ्ना प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

शुक्रवार उम्मेदवारी मनोनयनका क्रममा संघका हालका अध्यक्ष समेत रहेका देवीप्रसाद गुरागाईं(गोपाल) को नेतृत्वमा संयुक्त व्यवसायिक प्यानल, नेकपा एमाले निकटबाट अध्यक्षमा भरत चम्लागाई र राप्रपा निकटबाट राजु खड्काको प्यानल गरी तीन वटा समूहले उम्मेदवारी दिएका हुन् ।
नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी समर्थित ब्यवसायीहरुको संयुक्त प्यानलबाट अध्यक्षमा गुरागाईसहित बरिष्ठ उपाध्यक्षमा ज्ञाननाथ पौडेल(ज्ञानु), महिला उपाध्यक्षमा संगीता राई तुम्बापो, प्रथम उपाध्यक्षमा रुबल अधिकारी, द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा, तृतीय उपाध्यक्षमा सुवास गड्तौलाको उम्मेदवारी दर्ता भएको हो ।
त्यसैगरी सदस्यहरुमा चिरन न्यौपाने, प्रकाश पौडेल, भरत दुलाल, तोर्ण बस्नेत र युवराज घिमिरेका साथै महिला सदस्यमा गंगा अधिकारी बजगाईं र बसुधा कडरिया दाहाल साथै लेखा समिति संयोजकमा भेनस श्रेष्ठसहित सदस्यहरु रुपक सापकोटा र विलास यादवले उम्मेदवारी दर्ता गरेका छन् ।
जसमा दमकमै कपडा फेशन व्यवसायी गदै आएकी बसुधा कडरिया दाहालले समेत उम्मेदवारी दिएकी छिन् । दमकमा आफनो व्यवसायी सञ्चालन गर्दै आएकी उनी उदाहरणीय काम गरि त्यहाँका व्यवसायीमाझ परिचित छिन् । उनले महिलालाई पुरुष सरह नै बराबरी स्थानमा ल्याउनका लागि आरक्षण र सकारात्मक विभेदको समेत विशेष व्यवस्था गरेर महिलालाई पुरुष सरह समाज दर्जामा ल्याउनुपर्छ भन्ने आफनो मान्यता हो ।
महिलाले व्यवसायीलाई सफल बनाउन संघर्ष र प्रत्यन्न गर्छन् । आफुले सोही विचारमा व्यवसायी र दमक उद्योग वाणिज्य संघको महिला सदस्याका लागि उम्मेदवारी दिएको हुँ । म महिला मात्र भनेर काम गर्दिन् । सबै व्यवसायी सुधार्ने र कानुन समस्या अन्त्यका लागि आवाज उठाउने उनले जानकारी दिइन् ।
‘आफ्नो बौद्धिक क्षमताको प्रदर्शन गरेर महिलाले आफूलाई विभिन्न तह तप्कामा उभ्याई आफ्नो जिम्मेवारी पूरा गर्न सफल हुँदै आएका छन् । अहिले पनि नेपाली समाजमा महिलालाई व्यवसायी सञ्चालनका लागि संघर्ष गर्नुपर्छ । मैले यसलाई शिक्षाका रुपमा लिएको छु ।’ उनले बताइन् ।
उनले आफुलाई मतदान गरेर नेतृत्वमा पठाउनु र म व्यवसायी विकाससँग सुधारका लागि आवाज बन्ने समेत दाबी गरिन ।

संघको अध्यक्षसहित पदाधिकारीतर्फ विभिन्न ६ पदमा १८ जना , ६ वस्तुगत सदस्यतर्फ १३ जना र ६ खुला सदस्यतर्फ समेत १८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, महिलातर्फ दुई सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ । २० सदस्यीय कार्यसमितिमा ५५ जनाको मनोनयन दर्ता भएको छ ।
यस्तै, संयोजकसहित दुई सदस्य गरी तीन सदस्यीय लेखा समितिमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच संयुक्त गठबन्धन निर्माण गरि गुरागाईको नेतृत्वमा चुनावी मैदानमा होमिएका छन् ।
सोही प्यानलबाट वस्तुगततर्फ रेवती दाहाल, चन्द्र काफ्ले, विवेक बजगाईं (बुद्धिसागर) , कृष्णराज दाहाल,सहदेव भट्टराई र टंक ढकालको उम्मेदवारी परेको छ ।
यसैगरी, भरत चम्लागाईको समूहबाट वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत, महिला उपाध्यक्षमा लोकमाया ढुंगाना, प्रथम उपाध्यक्षमा सुनिल साह, द्वितीय उपाध्यक्षमा रमेश लुईटेल, तृतीय उपाध्यक्षमा उमेश गजमेरको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी, राजु खड्काको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार योङ्या, महिला उपाध्यक्षमा सुष्मा निरौला, प्रथम उपाध्यक्षमा तुलसी तिम्सिना, द्वितीय उपाध्यक्ष नविनकुमार अग्रवाल र तृतीय उपाध्यक्षमा विवेक श्रेष्ठको उम्मेदवारी परेको छ ।
