एमालेसँग चुनावी गठबन्धन गर्नेबारे देउवाको अडान ‘सम्भावना छैन’

एमालेसँग चुनावी गठबन्धन गर्नेबारे देउवाको अडान ‘सम्भावना छैन’
  • १६ पुष २०८२, बुधबार ११:२५

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचनमा एमालेसँग गठबन्धन नहुने बताएका छन् ।

mulpatra

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा अहिलेसम्म पार्टीभित्र कुनै निर्णय नभएको उनको दाबी छ । तर, राष्ट्रिय सभा निर्वाचनको हकमा भने छलफलका लागि अझै समय बाँकी रहेको उनको भनाइ छ ।

‘राष्ट्रिय सभा निर्वाचनमा कसरी अघि जान सकिन्छ भनेर बुझ्दैछु। बल्ल यता समानुपातिकको कुरा टुंगियो,’ उनले भने । उनका अनुसार, समानुपातिक सूची टुंगिएपछि मात्रै अब राष्ट्रिय सभाको रणनीतिबारे गम्भीर छलफल सुरू हुने संकेत देखिएको छ ।

एमालेले भने आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाने प्रस्ताव सार्वजनिक रूपमै राख्न थालको छ। आजै मात्र पनि उपाध्यक्ष रामबाधुर थापा बादलले कांग्रेस र एमालेले आधाआधा हिस्सा लिएर गठबन्धन गर्नुपर्ने बताए ।

‘नयाँ संसदमा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चस्व स्थापित गर्ने वा दुई शक्तिको वर्चस्व रहेको पुरानै संसद पुनस्र्थापना गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्न सक्छौं,’ उनले भने, ‘१६५ निर्वाचन क्षेत्र लोकतन्त्र पुनस्र्थापना लागि १६५ मोर्चा हो।

आधामा वामपन्थी र आधामा लोकतन्त्रवादी विजयी हुने रणनीति बनाऔं। ११० समानुपातिकबाट आधा वामपन्थी र आधा लोकतन्त्रवादी आउने रणनीति बनाऔं।’