नेकपा एमालेका नेता पुर्व सांसदले छोडे एमाले

नेकपा एमालेका नेता पुर्व सांसदले छोडे एमाले
  • १६ पुष २०८२, बुधबार ०७:३४

काठमाडौं । रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका पुर्व सांसद नेकपा एमालेका नेता बासुदेव घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

mulpatra

सामाजिक सन्जालमा उनले भनेका छन् ‘अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो। देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो । पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।’

घिमिरे नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी रहेका र पराजित भएका थिए ।

मंगलबारमात्र उनले बालेनसँग भेटघाट गरेका थिए । उनलाई रूपन्देही २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनाउने गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बुझिएको छ ।