आज अंग्रेजी नयाँ बर्ष तथा टोपी दिवस

आज अंग्रेजी नयाँ बर्ष तथा टोपी दिवस
  • १७ पुष २०८२, बिहीबार ०३:४४

काठमाडौं । आज जनवरी १ २०२६ । आज देखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । विश्वभरका मानिसहरुले नयाँ बर्ष शुभकामना आदान प्रदान गर्दै मनाइरहेका छन् ।

mulpatra

नेपालमा जनवरी १ मा ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ समेत मनाइँदै आएको छ । विगत १५ वर्षदेखि शुरुभएको अन्र्तराष्ट्रिय टोपी दिवस विश्वभर रहेका नेपालीले समेत मनाउन थालेका छन् । नेपाली टोपी संस्कृतिको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित होस् भन्ने उद्देश्यले यो अभियानको थालनी भएको बताइन्छ ।

इसाई धर्मका प्रवर्तक जिसस क्राइष्टको सम्झनामा उहाँको मृत्युपछि अनुयायीले ग्रेगोरियन पात्रो प्रचलनमा ल्याएका हुन् । पादरी ग्रेगोरियनले शुरुगरेकोले त्यसलाई ग्रेगोरियन पात्रो भनिएको हो । त्यहि ग्रेगोरियन पात्रो अनुसार जनवरी १ लाई नयाँ बर्षका रुपमा मनाउने गरिएको हो । पुरानो बर्षको विदाई र नयाँ बर्षको उपलक्ष्यमा विश्वभर विभिन्न कार्यक्रम गरि मनाइने गरिएको छ ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपाल विभिन्न स्थानहरुमा शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका भइरहेका छन् ।