२०२५ मा बैकिङ क्षेत्रमा एआईको प्रभाव सुरु, आर्थिक तरलतामा अल्झियो
कृत्रिम बौद्धिकता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सन २०२५ मा किर्तिमानी कायम गरेको छ । एआईको बजार हिस्सा ओगट्न सफल विश्वका ठूला कम्पनीहरू एप्पल, माइक्रोसफ्ट, अमेजन, अल्फाबेट, मेटा, एनभिडिया र टेस्लाले कुल बजारमा पुँजीकरण करिब २२ ट्रिलियन अमेरिकी डलर हाराहारी पुराएका छन् । जुन अमेरिकी सेयर बजारको करिब एकतिहाइ हिस्सा हुन जान्छ ।

विभिन्न देशका केन्द्रीय बैंकहरूले एआई प्रविधिको मोडलमा बैंकिङ क्षेत्र अघि बढ्ने प्रक्षेपण अनुसार काम गरीरहेका छन् । कैयौं देशहरुमा यो प्रविधि लागु भइसकेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग बढाउँदै लग्ने, विद्युतीय मुद्राको प्रारूप तयार पार्ने, केन्द्रीय ग्राहक पहिचान प्रणाली केवाईसी निर्माण गर्ने, राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउनेजस्ता योजना नेपालको केन्द्रीय बैंकले पाँच बर्ष अघि नै अघि सारेको थियो ।
गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा ती कुरा उल्लेख भएपनि नेपालमा एआइको प्रयोग ब्न अझै केही समय लाग्ने देखिएको छ । राष्ट्र बैंकले इजाजतपत्र जारी गरेका बैंक तथा वित्तीय संस्थामा कृत्रिम बौद्धिकता एआईलाई अधिकतम सदुपयोग गर्न प्रोत्साहन गरिने एवं यसका चुनौती र अवसर पहिल्याउँदै प्रयोग बढाउन प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीति छ ।
डिजिटल युगलाई नयाँ आयाम दिँदै यो बर्षले अर्थतन्त्रमा पनि एआई अवधारणाको सुरुवात गरेको छ । एआईको चर्चा मात्रै होइन वर्चस्व स्थापित गर्ने होडमा विश्वका ठूला कम्पनीहरू एप्पल, माइक्रोसफ्ट, अमेजन, अल्फाबेट, मेटा, एनभिडिया र टेस्ला अग्रपङ्क्तिमा देखिए । एआइले यी कम्पनी मात्रै होइन यस्ता धेरै कम्पनीहरुले विश्वको अर्थतन्त्र र पुँजीबजारमा आशावादी, उत्साह अनि त्रास उत्तिकै देखाएको छ । ।
नेपालको हकमा २०७८ सालमा सार्वजनिक गरिएको राष्ट्र बैंकको चौथो रणनीतिक योजनामा पनि होलसेल, रिटेल र क्रसबोर्डर सीबीडीसीबारे उल्लेख थियो । राष्ट्र बैंकले होलसेल सीबीडीसीको पाइलट परीक्षण २०२६ अगस्टमा गर्ने लक्ष्य लिएको थियो । पछिल्ला वर्षमा भुक्तानी प्रणालीको आधुनिकीकरणमा उल्लेख्य प्रगति भएको छ । सोही अनुसारका विभिन्न डिजिटल कम्पनहिरु पनि बढ्दै गएका छन् ।
वर्षको सुरुआतमै चिनियाँ स्टार्टअप ‘डिपसिक’ सबैभन्दा धेरै डाउनलोड हुने एप बनेपछि एआई क्षेत्रमा ठूलो तहल्का मच्चियो । किनकि कम लागतमा विकास गरिएको डिपसिकको ‘आर–१’ मोडेलले एनभिडियाका महँगा चिप र सफ्टवेयरमा आधारित एआई प्रणालीलाई ठाडो चुनौती दिएको थियो ।
डिपसिकको उदयले म्याग्निफिसेन्ट सेभेनको शेयर मूल्यमा गिरावट मात्र देखिएन गत अप्रिल ३ मा अमेरिकी पुँजीबजार वालस्ट्रिटमा सबैभन्दा ठूलो गिरावटसमेत देखियो । तर, गत जुलाईमा एमआइटीले ‘द जेनेरेसन एआई डिभाइडः स्टेट अफ एआई इन बिजनेस २०२५’ सार्वजनिक गर्दै ९० प्रतिशतभन्दा बढी संस्थाले जेनेरेटिभ एआईबाट शून्य प्रतिफल पाएको दाबी गरेपछि प्रविधि सेयर हल्लियो ।
निकै कमजोर नतिजा देखाएको एआईले चाहिनेभन्दा बढी प्राथमिकता पाएको उक्त प्रतिवेदन सार्वजनिक भएसँगै त्यस्ता कम्पनीको शेयर मूल्य घट्न थाल्यो भने एनभिडिया ५० खर्ब डलर मूल्य पुग्ने विश्वकै पहिलो कम्पनी बन्यो । यही तीव्र उतारचढावका कारण एआई कम्पनीको पुँजीबजारलाई विश्लेषकहरूले ‘पानीको फोका’सँग तुलना गरेका छन् ।
सन्सारमा केही यस्ता देशहरु छन् जहाँ बैंकका शाखाका संख्या अत्यन्तै कम छन् । यसले देखाँउछ कि डिजिटलाइजेशनको नयाँ परिभाषा एआईको अवधारणा । ती बैंकहरु केवल नाम मात्रैका छन् । कतिपयले त बैंक नै देख्न नपाई बैंकलाई विश्वास गरेका हुन्छन् । डिजिटल कारोबार मात्रै होइन सबै कुरा डिजिटलबाटै हुन्छ । खाता खोल्नु, संचालन गर्नु, कारोबार गर्नु, कर्जा लिनु, डिपोजीट गर्नु सबै कुरा डिजिटलबाटै हुने गरेको छ । यी देशहरुलाई क्यासलेस देशहरु पनि भन्ने गरिन्छ । क्यासलेस अर्थात नगद रहित कारोबार कैयौं देशमा सम्भव भएको छ । विशेष गरी विकसित देशहरुमा पूर्णतया क्यासलेस कारोबार लागु भइसकेको छ ।
नेपालमा एआईको विकासलाई प्रवद्र्धन गर्न सरकारले राष्ट्रिय एआई नीति स्वीकृत गरेको छ। यो नीतिले एआईको विकास र प्रयोगलाई सहज बनाउन फाइभजी र फाइबर अप्टिक प्रविधि प्रयोग गरी उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने योजना समेटिएको छ। साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राष्ट्रिय एआई केन्द्र स्थापना गरेको छ ।
एआईले रोगहरूको निदान, उपचार, र स्वास्थ्य सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले व्यक्तिगत शिक्षा, स्वचालित ग्रेडिङ, र शिक्षा सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले व्यापारिक निर्णय, ग्राहक सेवा, र व्यापार सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले स्वचालित वाहन, यातायात व्यवस्थापन, र परिवहन सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले कृषि उत्पादन, फसल व्यवस्थापन, र कृषि सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले साइबर हमलाहरू, डेटा सुरक्षा, र साइबेर सुरक्षा सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले भाषा अनुवाद, भाषा सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले चिकित्सा अनुसन्धान, रोगहरूको निदान, र चिकित्सा सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले वातावरण संरक्षण, जलवायु परिवर्तन, र वातावरण सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले सामाजिक सेवा, गरीबी उन्मूलन, र सामाजिक सेवामा सुधार गर्न मद्दत गर्छ।
एआईसम्बन्धी नियमन विभिन्न देशका केन्द्रीय बैंकहरूका लागि अहिले नयाँ विषयका रूपमा रहेको छ । युरोपेली केन्द्रीय बैंक ईसीबीले यसलाई कार्यान्वयनमा ल्याएको छ । जस अनुसार बैंक अफ इंग्ल्यान्ड, मनिटरी अथोरिटी अफ सिंगापुरजस्ता केन्द्रीय बैंकहरु एआईका विषयमा अध्ययन, परीक्षण, प्रयोग र नियमनमा अत्यन्तै अगाडि छन् ।
विश्वका प्रख्यात बैँकहरूले एआईको अबधारणालाई अंगिकार गरीसकेका छन् । अमेरिकाको जेपी मोर्गन चेस, सिटी बैँक, सिङ्गापुरको डीबीएस, युरोपको एचएसबीसी र बीएनपी परिबासले एजेन्टिक एआईलाई विभिन्न कार्यक्षेत्रमा प्रयोग गरिरहेका छन् । भारतमा एसबीआई, एचएफडीसी, आईसीआईसीआई बैँकहरूले एजेन्टिक एआई प्रयोग गरी काम गरीरहेका छन् । ती बैंकहरुमा ग्राहक सेवा, पेमेन्ट सेवा, धोकाधडी पहिचान, जोखिम मूल्याङ्कन, कर्जा स्वीकृति र नियामकीय क्षेत्रमा समेत एआई एजेन्टहरूबाट काम भइसहेको छ ।
