नियमन नहुँदा व्यक्तिगत भिसामा विदेश कामदार पठाउँदै कन्सल्टेन्सी, दैनिक ७० लाखभन्दा बढी ठगिसंस्थागत नखोल्दा व्यक्तिगतमै युरोप कामदार पठाउन बाध्य
काठमाडौं– उच्च शिक्षामा विद्यार्थी पठाउन खोलिएका कन्सल्टेन्सीले कानुनविपरित वैदेशिक रोजगारीमा कामदार पठाइरहेका छन् । उपत्यकामा मात्र होइन । उपत्यकाबाहिर पनि छ्याप्छ्याप्ती कन्सल्टेन्सी सञ्चालनमा आएको छ । तर, अधिकांशको दर्ता नै छैन ।

दर्ताबेगर नै सञ्चालन गरिएको कन्सल्टेन्सीले ठुलो रकम ठगिरहेको गुनासो दैनिक वैदेशिक रोजगारी र प्रहरीमा लिएर पीडित जाने गरेका छन् ।
अमेरिका, अष्ट्रेलिया,क्यानाडालगायतका युरोपेली मुलुक नेपाली विद्यार्थीहरुको रोजाइमा परिरहेको छ । विदेश पढ्ने नाममा वर्षेनी अर्बौं रुपैयाँ बाहिरिइरहेको छ । नेपालमा ‘लर्न एण्ड अर्न’ को अवसर नभएको विद्यार्थीहरुको गुनासो छ । हुँदा पनि नियामक निकायले अनुगमन र कारबाहीमा चासो देखाएको छैन ।
कन्सल्टेन्सीमा योग्य इन्स्ट्रक्टर पनि छैनन् । स्नातक पनि उत्तीर्ण नगरेका शिक्षकले विद्यार्थीहरु पढाइरहेको अवस्था छ । अयोग्य शिक्षकका कारण विद्यार्थीहरु रिजेक्ट हुने सम्भावना उच्च छ । अभिभावकहरुले दर्ता नगरिकन सञ्चालनमा रहेका कन्सल्टेन्सी बन्द गर्न माग गर्दै आएका छन् ।
कन्सल्टेन्सीको नियमन हुनुपर्ने उनीहरुको भनाइ छ । एक अभिभावक भन्छन्,‘कन्सल्टेन्सीमाथि नियमन होस् । ठगी रोकियोस् र बिना दर्ता सञ्चालन भएको कन्सल्टेन्सीलाई कारबाही गरियोस् ।’
उच्च शिक्षा हासिल गरे पनि रोजगारी नपाउने र रोजगारी पाएपनि राम्रो तलब नहुने उनीहरु बताउँछन् । जसका कारण विदेश पलायन हुने विद्यार्थीको संख्या निरन्तर बढ्दै गएको हो । विदेश जाने विद्यार्थीलाई सहजीकरण गर्ने नाममा कन्सल्टेन्सीहरु खुलेका छन् । शहरी क्षेत्रमा घरैपिच्छेजस्तो कन्सल्टेन्सीको बोर्ड देखिन्छ ।
स्रोतका अनुसार एकाध कन्सल्टेन्सी कम्पनी र राजश्व कार्यालयमा मात्रै दर्ता भएको छ । स्रोत भन्छ,‘धेरै कन्सल्टेन्सीको दर्ता नै छैन । । केहीचाँहि कम्पनी र राजश्व कार्यालयमा दर्ता भएर सञ्चालनमा छ । ती कन्सल्टेन्सीले कानुनको पालना गरेको छैन ।’ उनले भने ।
उपत्यकामा दैनिक नेपालमा ‘लर्न एण्ड अर्न’ को अवसर नभएको विद्यार्थीहरुसँगै कन्सल्टेन्सीले ७० लाखभन्दा बढी ठगि गरेको शिक्षा मन्त्रालयको एक अध्ययनमा भनिएको छ । वैदेशिक रोजगार विभागमा समेत ९० प्रतिशत व्यक्तिगत भिसामा नाममा कन्सल्टेन्सीले ठगि गरेको उजुरी पर्ने गरेको छ ।
यता, कन्सल्टेन्सीले विद्यार्थीबाट मनलाग्दी शुल्क लिइरहेको अवस्था छ । नियामक निकायले फि निर्धारण नगर्दा कन्सल्टेन्सीहरुको शुल्कमा मनोमानी चलेको हो । विभिन्न बहानामा अतिरिक्त शुल्क पनि उठाउने गरिएको छ । त्योभन्दा ठुलो त कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा कामदार पठाउने भने ठगि गररहेको वैदेशिक रोजगार व्यवसायी लक्ष्मण पौडेलले जानकारी दिए ।
उनका अनुसार सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन म्यानपावर कम्पनीलाई मान्यता दिएको छ । वैदेशिक रोजगार ऐनमा रोजगारीको प्रलोभनमा पारी ठग्ने शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र अन्य संस्था तथा व्यक्तिहरूलाई कारबाही गर्न समस्या भइरहेको छ ।
तर, पछिल्लो समय यिनै संस्थाले रोजगारीका नाममा ठगी गर्ने क्रम बढिरहेको उनले बताए । ‘शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्यक्तिबाट ठगिएका कतिपय पीडितसँग प्रमाण हुँदैन । फेरि सरकारले सबै ठगीलाई वैदेशिक रोजगारीसँग जोडेर हेर्ने गरेको छ । शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र अन्य संस्था तथा व्यक्तिहरूको ठगिका कारण म्यानपावरको बदनाम भइरहेको छ ।’
विभागका अनुसार रोजगारीका नाममा शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्यक्तिबाट ठगिएका ३ हजारभन्दा बढी पीडितले विभागमा एक्लै र सामूहिक उजुरी दिएका छन् ।
पछिल्लो समय विदेश अध्ययनका लागि विद्यार्थी पठाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा कामदार पठाउने भनेर चरम ठगी गरिरहेका छन् ।
कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेर सञ्चालक नै फरार हुने गरेको उजुरी वैदेशिक रोजगार विभागमा दिनहुँ पर्ने गरेको विभागको भनाइ छ । वैदेशिक रोजगारीको नाममा कन्सल्टेन्सी, ट्राभल एजेन्सीबाट कामदार ठगिरहेको भन्दै त्यसलाई रोक्न राज्य गम्भीर हुनुपर्ने उनको भनाई छ ।
कन्सल्टेन्सीहरूले यूरोपेली मुलुक, अमेरिका, क्यानडालगायत देश १० देखि ७० लाखसम्म पैसा लिएर ठगि गर्ने अवथा काम पठाउने गरेका छन् । १२ सय भन्दा बढी वैदेशिक रोजगार व्यवसायी दुईदेखि ६ करोडसम्म धरौटी राखेर काम गरिरहेको अवस्थामा शैक्षिक परामर्शदाताको रूपमा दर्ता भएका कन्सल्टेन्सीहरूले यूरोपेली मुलुक, अमेरिका, क्यानडालगायतका देशमा वैदेशिक रोजगार दिलाइदिने भनी मोटो रकम असुल गर्ने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने उनीहरूको माग थियो ।
म्यानपावर व्यवसायीमार्फत खाडी मुलुकमा नेपाली श्रमिकहरू संस्थागत श्रम स्वीकृति लिएर जाने गरेका छन् । तर, युरोप, अमेरिकालगायत देशमा भने संस्थागत श्रम स्वीकृति लिएर वर्किङ भिसामा जान पाइँदैन । कन्सल्टेन्सीले पनि कामदार पठाइरहेको सुचना र ठगिएको उजुरी विभागमा आउने गरेको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्र बहादुर शिवाकोटीले जाानकारी दिइन् ।
उनका अनुसार कतिपय व्यक्तिहरू व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका छन् । त्यसका लागि कन्सल्टेन्सी तथा एजेन्टहरू सक्रिय देखिएका छन् । कन्सल्टेन्सी र व्यक्तिले व्यक्तिगत भिसामा ७ देखि १५ लाखसम्म लागत खर्च लिएर कामदार पठाउने र ठगि गर्दै आएका छन् । यसको दोष जति म्यानपावरमाथि लाग्ने गरेको स्यंम व्यवसायीकै गुनासो छ ।
युरोपमा म्यानपावर व्यवसायीहरूका मागपत्र प्रमाणीकरण नहुँदा नेपाली श्रमिकहरू युरोप जानबाट वञ्चित हुँदै आएका छन् । संस्थागत रूपमा जान नपाउँदा कामदारहरु दलाललाई १० औँ लाख रुपैयाँ तिरेर युरोपका विभिन्न देशमा जान बाध्य भइरहेका छन् । यस विषयमा सरकार र व्यवसायी दुवै जानकार छन् । तर यो समस्या समाधान गर्न म्यानपावर व्यवसायीले पटक–पटक माग गर्दा पनि सरकारले वास्ता गरेन ।
वैदेशिक रोजगार विभागले विश्वका १०८ देश संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि खुला गरेको छ । संस्थागत र व्यक्तिगत गरी विश्वका १८६ देशमा काम गर्न नेपाली पुगेका छन् ।
