कतारमा १३ नेपालीले पाए आममाफी
काठमाडौं- कतारले आफ्नो देशका विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको बताएको छ । कतारका अमिर अर्थात् राजाले आममाफी, कैद मिनाहा वा कैद कम गर्ने गरेका छन् ।

परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको आममाफीलाई नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्धमा गहिरिँदै गएको मित्रता र सौहार्दताको प्रतीकका रूपमा मूल्यांकन गरिएको भन्दै यस्तो मानवीय कदमले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ ।
