Close

Recent Posts

क्रिप्टो कारोबारमा निगरानी गदै सरकार, जापान, अष्टेलिया र दक्षिण कोरियाबाट ३ हजारभन्दा बढी नेपालीले क्रिप्टो कारोबार गर्दै

क्रिप्टो कारोबारमा निगरानी गदै सरकार, जापान, अष्टेलिया र दक्षिण कोरियाबाट ३ हजारभन्दा बढी नेपालीले क्रिप्टो कारोबार गर्दै

४ करोड मतपत्र छपाएर, फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्ला पठाइने

४ करोड मतपत्र छपाएर, फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्ला पठाइने
  • १८ पुष २०८२, शुक्रबार २०:५९

काठमाडौँ– निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्याबारे जानकारी गराएका हुन् ।

mulpatra

उनका अनुसार छापिएपछि मतपत्र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने लक्ष्य लिइएको छ । मतपत्रको साइज अझै अन्तिम टुङ्गोमा नपुगेकाले छपाइ खर्च कति लाग्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुने भट्टराईले बताए । समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसी प्रयोग गरी छापिने निर्णय भएको छ भने प्रत्यक्षतर्फको मतपत्रको रङ्ग र ढाँचाबारे निर्णय हुन बाँकी रहेको छ ।