राजकुमार कार्की पुनः कुचोसंघमा सर्वसम्मत अध्यक्षमा चयन
काठमाडौं । नेपाल कुचो संघको दोस्रो अधिवेशनबाट राजकुमार कार्की पुनः कुचोसंघमा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । काठमाडौंको चाबहिलमा सम्पन्न अधिवेशनबाट निर्विकल्प रुपमा कार्की चयन भएको उपाध्यक्ष संजिव शाहले बताएका छन् ।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा संजिब शाह, उपाध्यक्षहरु रबिन्द्र खड्का, सुबास बोलखे चयन भएका छन् । त्यसैगरि महासचिब शुरेश चौधरी, सचिबहरु शुशिल गौतम र राजिब रौनियार तथा कोषाध्यक्ष रुष्मा खतिवडा र सहकोषाध्यक्ष प्रदिप वाईबा चयन भएका छन ।
सदस्यहरुमा राकेश शाह ,राजु शाह, बम बहादुर रुम्बा, मनोज शाह, लक्ष्मण शाह, तिर्थमान वाईबा, देबनाथ चौधरी, केशब खेतान, गिता भट्टराई, बिजय खरेल, तारा भुर्तेल र शुरेस भुलान रहेका छन ।
![]() |
![]() |
![]() |
|---|
नेपालको कृषि उत्पादनको निर्यातमा उच्च सम्भावना बोकेको कुचो ब्यबसायीहरुको छाता संस्थाका रुपमा कुचोसंघ स्थापना गर्न उनै कार्कीको महत्वपूर्ण भुमिका रहेको थियो । कार्कीको पहलमा स्थापना भएको कुचो संघले निर्यात व्यवस्थित गर्न शुरु गरेपछि गत आर्थिक बर्षमा मात्र १ अर्ब २० करोड बढीको कुचो निर्यात भएको थियो ।



