भेनेजुएलाको कार्यवाहक राष्ट्रपति बनिन डेल्सी रोद्रिग्वेज
काठमाडौं । भेनेजुएलाको कार्यवाहक राष्ट्रपति डेल्सी रोद्रिग्वेज बनेकी छिन् । सर्वोच्च अदालतले डेल्सी रोद्रिग्वेजलाई संविधान र भेनेजुएलाली कानुनको रक्षाका लागि राष्ट्रपतिको पद सम्हाल्न आदेश दिएको छ।

२०२६ जनवरी ३ शनिबार भेनेजुएलाको बोलिभारियन गणतन्त्रविरुद्ध भएको बाह्य आक्रमण तथा संवैधानिक राष्ट्रपति निकोलास मदुरो मोरोस र प्रथम महिला सिल्लिया फ्लोरेसको अपहरणका घटनालाई दृष्टिगत गर्दै, सर्वोच्च न्यायालयले संविधानको धारा ३३५ अन्तर्गत प्रदान गरिएको व्याख्यात्मक अधिकार प्रयोग गरि रोद्रिग्वेजलाई कार्यवाहक राष्ट्रपति बनाएको समाचार संस्थाहरुले बताएका छन् ।
अदालतले संविधानको धारा ३३५ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै राष्ट्रको संरक्षण र शासन प्रणाली अबरुद्ध नहोस् भन्ने उद्देश्यले विशेष व्याख्या गर्नुपर्ने निष्कर्ष निकालेको हो।
![]() |
![]() |
![]() |
|---|



