Close

Recent Posts

यूएईका राजदूत क्षेत्रीको डिमाण्ड प्रमाणिकरणमै सेटिङ, एउटा म्यानपावरको कोटा काटेर अर्कोमा बिक्री

प्रहरी रिपोर्टमा कामदार आर्थिक भार थप्नपनि उनकै सलंग्न

यूएईका राजदूत क्षेत्रीको डिमाण्ड प्रमाणिकरणमै सेटिङ, एउटा म्यानपावरको कोटा काटेर अर्कोमा बिक्रीप्रहरी रिपोर्टमा कामदार आर्थिक भार थप्नपनि उनकै सलंग्न
  • २१ पुष २०८२, सोमबार १७:२३

काठमाडौं– युएईका नेपाली आवासीय राजदूत तेजबहादुर क्षेत्रीमाथि केही म्यानपावरको ‘एजेन्ट’ बनेको आरोप लाग्दै आएको छ । कन्सुलर विभागको अनलाइन प्रणालीबाट मात्रै मागपत्र प्रमाणीकरणका चरणमा राजदूत क्षेत्रीले रोजगारदाता कम्पनी र म्यानपावरसँग मागपत्र प्रमाणिकरणका नाममा पैसा उठाउने गरेका छन् ।

mulpatra

राजदूत क्षेत्रीले यूएईमा सञ्चालनमा रहेका ट्राभल र कन्सन्टेन्सीसँग मिलेर मागपत्र प्रमाणिकरणका नाममा स्यंम डिमाण्ड व्यापार गरिरहेको यूएईमा व्यवसाय गदै आएका एक व्यवसायी जानकारी दिए । दूतावास आसपासमा रहेका केही ट्राभल र कन्सल्टेन्सीको मिलोमत्तोमा उनले भिसा व्यापारको काम गर्दै आएका छन् ।

एजेन्टहरूले पछिल्ला वर्षहरूमा यूएईका सहरहरूलाई नेपाली ठग्ने ‘हब’ बनाएको पाइएको छ । लोभ, लालच र प्रलोभनमा पारी नेपालीलाई यूएई पु¥याइ अलपत्र पार्ने क्रम पछिल्ला वर्षहरूमा बढ्दो छ । जसमा कतिपय यस्तो एजेन्टहरु उनै क्षेत्रीसँग सम्र्पकमा रहेको समेत म्यानपावर व्यवसायीहरुको आरोप छ ।

mulpatra mulpatra mulpatra

रोजगारदाताले अरू म्यानपावरमा पठाइएको कामदारको माग (डिमाण्ड) निश्चित म्यानपावरलाई दिन लबिङ गरेको राजदूत क्षेत्रीमाथि आरोप लागेको हो । आर्थिक चलखेलका आधारमा एउटा म्यानपावरको कोटा काटेर अर्को म्यानपावरमा उनै क्षेत्रीले व्यापार गदै आएको मूलपत्रलाई सूचना प्राप्त भएको छ ।

यूएईले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भिसामा कडाइ गरेको यूएईले आंशिक रूपमा सहज बनाएको हो । तर अहिले प्रहरी रिपोर्टमा भिएफएसमार्फत १४ हजार २ सय लिएर प्रमाणिकरणको काम थालेको छ ।
प्रहरी रिपोर्ट प्रमाणीकरणका नाममा प्रति कामदार अतिरिक्त ३५३.२७ यूएई दिराम अर्थात् १४ हजार सय आर्थिक भार थपिएको छ । यति हुँदा पनि यूएईका रोजगारदाता कम्पनीले सहजै भिसा नदिएको वैदेशिक रोजगार व्यवसायीहरुले गुनासो गर्न थालेका छन् ।

Image Source: © https://mulpatra.com

यसका कारण पनि यूएई कामदार पठाउँदै आएका म्यानपावर व्यवसायी र कामदार समस्यामा परिरहेका छन् । तर राजदूत क्षेत्रीले यो समस्या समाधान गर्न कुटनीतिक पहल गरेनन् । उनीले आंशिक रूपमा खुलेको यूएईको रोेजगारीमा डिमाण्डको लविङमा लागे । यस विषयमा सोध्न खोज्दा क्षेत्री सम्पर्कमा आएनन् ।

डिमाण्डमा यस्तो सेटिङ

कन्सुलर विभागको अनलाइन प्रणालीबाट मात्रै मागपत्र प्रमाणीकरण गरी क्षेत्रीले यसै प्रणालीलाई कमाइखाने भाँडो बनाएका छन् । यो अनलाइन प्रणाली सञ्चालनमा ल्याउने योजनाकर्ता पनि उनै क्षेत्री हुन् ।
वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाट काम भइरहेका बेला कन्सुलर विभागको अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको थियो ।

गत जुनबाट लागू भएको कन्सुलर विभागको अनलाइन प्रणालीबाट मात्रै मागपत्र प्रमाणीकरणको प्रक्रिया शुरुवात गरि यूएईका रोजगारदातालाई मागपत्र प्रमाणीकरणका लागि यथाशीघ्र आधिकारिक वेबसाइटमा गएर युजर रजिस्ट्रेसन गराउने काम दूतावासले गर्छ । यो प्रणालीमार्फत राजदूत क्षेत्रीले फाइदा लिइरहेका छन् ।

कुनैपनि म्यानपावरले यूएईका रोजगारदाता कम्पनीबाट डिमाण्ड ल्याएपछि त्यही युजर आइडी उपलब्ध गराएर परराष्ट्र मन्त्रालयबाट गएका कर्मचारी डिमाण्ड हेर्ने गरेका छन् । म्यानपावरले ल्याएको डिमाण्ड दूतावासका कर्मचारीले मात्र हेर्न पाउँछन् ।

उक्त अनलाइनमा आएको डिमाण्ड प्रमाणिकरणको अन्तिम छाप हान्ने उनै क्षेत्रीको पुग्छ । उनले कुनै म्यानपावरले ७ सय कोटा ल्याएर प्रमाणिकरणका लागि निवेदन दिएका छन् । भने त्यहीबाट सेटिङ सुरु गर्छन् । क्षेत्रीले केही एजेन्टमार्फत ७ सयमध्ये २ कोटा आफनो सेटिङमा ल्याएर आफु आसपासका म्यानपावरसँग पैसा लिएर व्यापार गर्छन् । यसका लागि उनले नेपालमा एक जना वकिल समेत राखेका छन् ।

भने दूतवास आसपासका ट्राभलमार्फत काम गराउँछन् । उनले प्रतिडिमाण्ड २–३ हजार दिराम लिने गरेको एक म्यानपावर व्यवसायीले जानकारी दिए ।

यादि कुनैपनि म्यानपावरले कोटा नदिए उनै क्षेत्रीले अनलाइनमै समस्या सिर्जना गरेर काम अड्काउने गरेका छन् ।
परराष्ट्र मन्त्रालयका कर्मचारीको सहयोगमा सिधै राजदूत क्षेत्रीले डिमाण्ड र कोेटामा बार्गेनिङ सुरु गर्नेगरेको एक परराष्ट्र मन्त्रालयका उच्च कर्मचारीले जानकारी दिए ।

यूएईका रोजगारदातालाई मागपत्र प्रमाणीकरणका लागि यथाशीघ्र आधिकारिक वेबसाइटमा गएर युजर रजिस्ट्रेसनको चेकका नाममा अर्को समस्या सिर्जना गर्छन् ।

श्रम कन्सुलर र श्रम सहचारीको टेबुलमा त्यही फाइल पठाइन्छ । उनीहरुले सामान्य परिक्षण गरेर त्यो फाइल राजदूत क्षेत्रीलाई पठाउँछन् । राजदूत क्षेत्रीले आफनोमा आएको फाइलामा सिधै कोटाका लागि रोजगारदाता कम्पनीमा इमेल गर्छन् । अनि म्यानपावर कम्पनीलाई धम्क्याएर कोटा लिन्छन् । त्यसपछि आफुनिकटका म्यानपावर व्यवसायीलाई बिक्री गर्छन् ।

हाल राजदूत क्षेत्री उनीसँग नजिक भएका ५१ भन्दा बढी म्यानपावरलाई यसरी गोप्य रुपमा कोटाको व्यापार गर्दै आएको गुनासो यूएई कामदार पठाउँदै आएको म्यानपावर व्यवसायीले गुनासो गदै आएका छन् ।
उनले यसका लागि सिमित म्यानपावरसँग सम्र्पक गरेको र उनीहरुकै सल्लाहमा चल्ने गरेको केही व्यवसायीको गुनासो छ ।

उनी यूएईको राजदूत भएर गएदेखि नै कन्सुलर विभागको अनलाइन प्रणालीबाट डिमाण्डको व्यापार गर्दै आएको आरोप छ । यही अनलाइन प्रणालीलाई एजेन्डा बनेर ‘डिमाण्ड’मा चलखेल गरेको उनीमाथि गम्भीर आरोप पनि छ । उनले जेनजी आन्दोलन पछि पनि यही काम गदै आएका छन् ।

नोट मूलपत्रलाई प्राप्त भएको म्यानपावरका नाम भने गोप्य राखिएको छ ।

सरकारले रोजगारदाता देशमा पठाएका राजदूतनै डिमाण्ड प्रमाणिकरणका नाममा आर्थिक चलखेलमा लगाएको भिसामा सरकार गम्भीर नभएको कामदारले गुनासो गर्दै आएका छन् । भिसा प्रमाणिकरणमा आर्थिक चलखेलको कुनैपनि उजुरी र गुनासो नआएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले जानकारी दिए । त्यस्तो गुनासो आए अनुसन्धान गरिने उनको भनाइ छ ।

२०८० साल साउनमा यूएईका लागि प्रस्तावित राजूदत तेजबहादुर क्षेत्रीविरुद्ध उनी राजदूतका लागि असक्षम रहेको भन्दै उजुरी परेको छ । मन्त्रालयका कर्मचारीहरूले आफ्नो विवरण नखुलाई क्षेत्री टीका लगाएर मन्त्रालय छिरेको र एक प्यारेग्राफ पनि अँग्रेजी लेख्न नसक्ने आरोप लगाएका थिए ।

एक म्यानपावर व्यवसायीका अनुुसार दूतावासकै कर्मचारीका कारण पनि वैदेशिक रोजगारीमा धेरै बेथीति सिर्जना भइरहेको छ ।