चिनीको भन्सार मुल्यका कारण कृषकको भुक्तानी र बैंक ब्याज समेत तिर्न नसक्ने अवस्थामा उद्योगी
काठमाडौं। सरकारले चिनी आयातमा लाग्दै आएको भन्सार महसुल घटाएका कारण स्वदेशी चिनी विक्री नहुने अवस्थामा पुगेको उद्योगिले बताएका छन् । सरकारले भन्सार मुल्य घटाउँदा त्यसको असर प्रत्यक्ष रुपमा स्वदेशी उद्योगमा परेको छ। सरकारले चिनी आयातमा लाग्ने भन्सार महसुल ३० प्रतिशतबाट घटाई १५ प्रतिशत कायम गरेपछि भारतबाट आउने चिनी सस्तो हुन पुगेकोले स्वदेशी चिनी विक्री नहुने अवस्थामा पुगेको छ । जसले गर्दा स्वदेशी चिनीले बजार नपाउने र उद्योगहरू धरासायी हुने अवस्था आएको हो।

चिनी उत्पादक संघले सोमबार पत्रकार सम्मेलन गरि चिनी उद्योगको समस्या र त्यसले उखु किसानलाई पर्ने समस्याका बारेमा समेत जानकारी दिएको थियो । चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले भन्सार शुल्क घटाएर धेरै चिनी आइरहेको र अर्कोतर्फ चोरी पैठारी भएर आउने गर्दा स्वदेशी चिनी उद्योग संकटमा परिरहेको बताए।
‘गत वर्षको उत्पादनमध्ये २० प्रतिशत मौज्दात रहेको छ,’ संघका अध्यक्ष अग्रवालले भने, ‘१८ लाख २५ हजार ३३२ क्विटल चिनी उत्पादन भएको थियो।’ विगतको तुलनामा गत सिजनमा ७० प्रतिशत मात्रै चिनी उत्पादन गरेको बताउँदै अवैध पैठारीका कारणले २० प्रतिशत चिनी बिक्री हुन नसकेको जनाएको छ। जसले गर्दा कृषकको रकम भुक्तानी, बैंक ब्याज भुक्तानीमा समेत उद्योगि मारमा परिरहेको संघले बताएको छ ।
![]() |
![]() |
![]() |
|---|
हाल नेपालमा १३ वटा चिनी उद्योग सञ्चालनमा छन्। जसमा करिब १ लाख १५ हजार कृषक परिवार आबद्ध छन् भने ३० हजारभन्दा बढीले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका छन्।
गत क्रसिङ सिजन २०८१÷८२ मा करिब १८ लाख २५ हजार क्विन्टल चिनी उत्पादन भएको थियो। तर, अनाधिकृत रुपमा भित्रिएको विदेशी चिनीका कारण स्वदेशी उत्पादन अझै बिक्री हुन नसकी गोदाममै थन्किएको संघले उल्लेख गरेको छ। चालु क्रसिङ सिजन चिनी उत्पादन बढ्ने संघको अनुमान छ।
संघले उखु किसानलाई प्रोत्साहन गर्न, लाखौ हेक्टर जमिनमा लागेका उखु बचाउन र कृषकको भुक्तानी सुरक्षित गर्न र चिनीमा आत्मनिर्भर हुन भन्सार महसुल पुनः वृद्धि गर्न सरकारसँग माग गरेको छ। ‘भन्सार घटाउँदा वैध आयातको नाममा अवैध चिनीले बजार ओगटेको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



