जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका मन्त्रीपरिषद्ले खारेज गरेपनि मुख्यसचिवले प्रमाणित गरेनन्

जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका मन्त्रीपरिषद्ले खारेज गरेपनि मुख्यसचिवले प्रमाणित गरेनन्
  • २३ पुष २०८२, बुधबार १७:२३

काठमाडौं– गत पुस ११ गते बसेको मन्त्रीपरिषद् बैठकले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गर्न निर्णय गरेको थियो । सरकारले गरेको यो निर्णय पुस १६ गते सार्वजनिक भएको थियो ।

mulpatra

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ खारेज गरेको हो । निर्देशिका खारेज भएसँगै जिट्को प्रणाली र त्यसअन्तर्गतका छुट्टै सूचीकरण, नवीकरण तथा भाषा परीक्षाजस्ता प्रावधान पनि हटेका थियाे ।

तर यसलाई मुख्यसचिवमा सुमनराज अर्यालले प्रमाणित गरेका छैन । मन्त्रीपरिषद् बैंठकबाट निर्णय भएको जिट्को खारेजीको निर्णय दोस्रो पटक प्रकाशित भएन । त्यहाँ प्रकाशित भएपिछ मात्र राजपत्रमा छापिन्छ । जसका कारण जिट्को निर्णय के भयो भनेर अन्योलता छाएको छ ।

mulpatra mulpatra mulpatra

प्रकाशित

मन्त्रीपरिषद्ले गरेको निर्णयमा भने समावेश भएको उक्त निर्णय राजपत्रमा कसरी छुट्यो भनेर श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेलाई प्रश्न गर्दा उनले आफुलाई यस विषयमा जानकारी नभएको तत्काल बुझने जवाफ दिए ।

Image Source: © https://mulpatra.com

नेपालले जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका २०६६ अन्तर्गत नै रहेर कामदार पठाउँदै आएको छ । म्यानपावर व्यवसायीहरूले यो निर्देशिका खारेज गरी सबै व्यवसायीले कामदार पठाउन पाउनुपर्ने माग गर्दै आएका थिए ।

मन्त्रालयले २०६६ सालमा जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका जारी गरेको थियो । सोही आधारमा जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपाली श्रमिकलाई जापानमा काम गर्न पठाउने गरी निर्देशिका बनेको थियो ।

जिट्को अन्तर्गत सूचीकृत भएका म्यानपावर व्यवसायीहरूले कामदार पठाउने गरेका थिए । जुन जापान सरकारले सन् २०१७ मा नै खारेज गरिसकेको थियो । सन् २०१७ मा जिट्को खारेज गरेर टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम (टीआईटीपी) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने गरिएको थियो । जापानले यो समेत खारेज गरी सन् २०२७ देखि इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट (ईएसडी) कार्यक्रम ल्याउँदैछ ।


खारेजी भएको जिट्को दोस्रोपटक राजपत्रमा छुटेपछि कार्यन्यवन नभएको हो भन्ने प्रश्न र आशंका पनि उत्पादन भएको छ । जापानले २०२७ देखि नयाँ इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट कार्यक्रम ल्याउने तयारीसमेत गरिरहेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com