रिभेरा इन्टरनेशनल एकाडेमीमा खेलकुद प्रशिक्षकका रुपमा कार्यरत नेगी बर्ष उत्कृष्ट प्रशिक्षक घोषित
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेफ पल्सर स्पोर्टस अवार्डमा पारा तेक्वान्दोका कविराज नेगी लामा बर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । सरकारका लागि भोलेन्टियर प्रशिक्षक मात्र रहेका नेगी चाबहिलमा अवस्थित रिभेरा इन्टरनेशनल एकाडेमीमा खेलकुद प्रशिक्षकका रुपमा कार्यरत छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२ औं एनएसजेफ पल्सर स्पोर्टस अवार्डमा उनी वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्। नेगीकै प्रशिक्षणमा रहेको खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिक २०२४ मा ऐतिहासिक कास्य पदक जित्न सफल भएकी थिइन ।
नेपालले पारा ओलम्पिकमा जितेको यो पहिलो पदक थियो । नेगीको प्रशिक्षमा भरतसिंह महताले समेत पेरिस २०२४ पारा ओलम्पिक गेम्समा सहभागिता जनाएका थिए ।
![]() |
![]() |
![]() |
|---|
नेपालको खेलकुद जगतमा भोलिन्टियर प्रशिक्षकका रुपमा कार्यरत नेगीले उत्कृष्ट प्रशिक्षकको पदक पाएपछि भने ‘म भोलिन्टियर प्रशिक्षक मात्र हुँ, तर पनि मैले यो अवार्ड जितें, त्यसैले धेरै खुसी छु । यसले मलाई अबको दिनमा अझ मिहिनेत गर्न प्रेरित गर्नेछ ।’
नेगीको मेहनतको फल थियो पलेशा गोवर्द्धन । पलेशामाथि उनले आफ्ना सपना खन्याए, मिहिनेत गरे जसका कारण पलेशा फ्रान्समा हुने २०२४ को पारा ओलम्पिकमा छनोट हुन सफल भइन् जसले कविराज नेगी लामालाई पनि सफल प्रशिक्षकका रुपमा चिनायो ।
सन् २०१५ देखि पारा तेक्वान्दोको प्रशिक्षण सुरु गरेका कविराजको प्रशिक्षणमा नेपालले ३ स्वर्ण, २ रजत र ८ कास्य सहित कुल १३ वटा अन्तर्राष्ट्रिय आधिकारिक पदक जित्न सफल भएको छ। तर अझै पनि स्वयंसेवक प्रशिक्षकको रुपमा काम गर्नुपर्दा उनी निकै दुःखी छन् ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



