विशेष महाधिवेशन रोक्न आव्हान गर्ने संस्थापनका नेताहरुको निष्कर्ष
काठमाडौँ । आज बानेश्वरमा गरेको नेपाली काँग्रेसको संस्थापन समूहका केही नेताहरूको छलफल सकिएको छ । छलफलमा पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन रोक्न आग्रह गर्ने निष्कर्ष निकालेको छ ।

बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा संस्थापनका नेताहरु कृष्ण सिटौला, बालकृष्ण खाँण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामा सहितको भेला भएको थियो ।
छलफलको जानकारी दिँदै केन्द्रीय सदस्य गुरु बराल ले पार्टी कमजोर बनाउनेहरू सक्रिय भएकोले त्यसलाई कसरी रोक्न सकिन्छ भनेर छलफल भएको बताए ।
![]() |
![]() |
![]() |
|---|
उनले भने, ‘काँग्रेस कमजोर हुँदा लोकतन्त्र जान्छ । भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण काँग्रेस विभाजन हुन नदिन देश भरका साथीहरूलाई आह्वान गर्ने निर्णय भयो ।’
नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले पुस २७ गतेलाई विशेष महाधिवेशन आह्वान गरेका छन् भने संस्थापन समूहले सोही दिन युवा तथा जिल्ला सभापति भेला डाकेको छ ।



