यूएई हिडेका दर्नाललाई दिल्लीमा अलपत्र पारी रोजगारी र स्वास्थ्यमा खेलवाड गर्ने एयरलाइन्स-प्रेसिडेन्सियल ट्राभल्सलाई कारवाहीको मागम्यानपावरले खोज्यो एयरलाइन्स र ट्राभल्सले थाहा छैन भन्दै तर्कियो
काठमाडौं– वैदेशिक रोजगारीको सपना बोकेर यूएई हिँडेका एक नेपाली नागरिक चार महिनासम्म दिल्लीमा बेवारिसे अवस्थामा भेटिए । काठमाडौंबाट इन्डीगो एयरलाइन्सको फ्लाइटमार्फत दिल्ली उडेका उदयपुरका गंगाबहादुर दर्नाल उडानका क्रममा विमानभित्र केही असहज महसुस गर्दै कराउन थालेपछि इन्डीगोले उनलाई दिल्लीमै उतारेको उनको परिवारले जनाएको छ ।

सफदरजंग अस्पताल पु¥याइएको इन्डीगोले जनाएको भए पनि, त्यसपछि के भयो भन्ने विषयमा एयरलाइन्स पूर्ण रूपमा मौन रह्यो । इयरलाइन्सकै कम्जोरीका कारण आज उनको रोजगारी मात्र होइन । उनको स्वास्थ्यमा समेत समस्या देखिएको छ ।
यस घटनामा इन्डीगो एयरलाइन्सले न त यात्रुको सुरक्षा सुनिश्चित ग¥यो, न त आवश्यक समन्वय नगरेको उनकी श्रीमती तेजकुमारी दर्नालको आरोप छ । अझ गम्भीर कुरा के छ भने, इन्डीगोको आधिकारिक टिकट एजेन्ट प्रेसिडेन्सियल ट्राभल्सले समेत आफ्नो भूमिका निर्वाह नगरेको र यस विषयमा जानकारी गराउँदा वेवास्ता गरेको उनको गुनासो छ ।
![]() |
![]() |
![]() |
|---|
एयरलाइन्स र ट्राभल एजेन्सी दुवैले जिम्मेवारीबाट पन्छिँदा यसको प्रत्यक्ष मार आफनो श्रीमान परेको र रोजगारीको सपना बोकेर घरबाट निस्किएका उनी समस्यामा परेको उनले बताइन् । ‘अझ गम्भीर कुरा के छ भने, अस्पतालबाट डिस्चार्ज भएपछि दर्नाल कहाँ गए, कसरी बाँचिरहेका थिए भन्ने विषयमा इन्डीगोले कुनै चासो देखाएन । फलस्वरूप, उनी करिब चार महिना दिल्लीका सडकमा मानसिक र शारीरिक रूपमा कमजोर अवस्थामा बेवारिसे जीवन बिताउन बाध्य भए ।’
दिल्लीमै अलपत्र परेको जानकारी पाएपछि उनकी श्रीमती तेजकुमारी दर्नालले तत्काल म्यानपावरमा खबर गरेको र म्यानपावरले भने सहयोग गरेको जानकारी दिइन् । म्यानपावरले आफन्तहरूसँग समन्वय गर्दै दिल्लीस्थित नेपाली दूतावास, विभिन्न अस्पताल, स्थानीय निकाय तथा सम्भावित स्थानहरूमा निरन्तर खोजी अभियान चलायो । उहाँ बेवारीसे अवस्थामा भेटिनु भयो ।
काठमाडौंबस्थित म्यानपावरले आफ्नो कामदार गन्तव्य नपुगेको जानकारी पाएलगत्तै इन्डीगो एयरलाइन्ससँग पटक–पटक सम्पर्क ग¥यो । तर इन्डीगोको जवाफ एउटै रह्यो— “बिरामी भएपछि अस्पताल पु¥यायौं” । तर यो अस्पताल भनेर खुलाइन । एयरलाइन्स र ट्राभलले न त म्यानपावर कम्पनीलाई विस्तृत जानकारी दियो, न त यात्रुको अवस्था, डिस्चार्ज, सुरक्षा वा पुनः डिपोर्टसम्बन्धी कुनै जिम्मेवारी लियो । यस विषयमा जानकारी लिँदा दुवै संस्थाले अनुसन्धान भइरहेको भन्दै तर्किने गरेका छन् ।
Image Source: © https://mulpatra.com
प्रेसिडेन्सियल ट्राभल्सका सञ्चालक भोला थापा र सिर्दाथ थापा छन् । उनीहरुसँग हामीले पटक–पटक सम्र्पक गर्दा समेत प्रेसिडेन्सियल ट्राभल्सका कर्मचारीले उहाँहरु बाहिर हुनुहुन्छ भने फोन राखे ।
भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले जानकारी दिए । ४ महिनासम्म एक नेपाली नागरिक बेवारिसे अवस्थामा रहनु कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन । यो सिधैं एयरलाइन्स र प्रेसिडेन्सियल ट्राभल्सले लगत भएको उनको आरोप छ ।
दर्नालको आर्थिक अवस्था कमजोर रहेकाले वडाध्यक्ष प्रेम मगरले वडाबाट निःशुल्क उपचारका लागि आवश्यक प्रक्रिया पूरा गरी नगरमा सिफारिस गरेर पठाइसकेको बताए । उनको हकमा एयरलाइन्स र प्रेसिडेन्सियल ट्राभल्सले वेवास्ता गरेको देखियो । त्यही उनको उपचारसहित उचित क्षतिपूर्तिनको व्यवस्था एयरलाइन्स र प्रेसिडेन्सियल ट्राभल्सले गर्नुपर्ने उनको माग छ ।
सरकारले तत्काल इन्डीगो एयरलाइन्स र त्यसको आधिकारिक एजेन्ट प्रेसिडेन्सियल ट्राभल्सलाई कारबाहीको दायरामा ल्याउनुपर्ने दर्नालको परिवारको छ । साथै, पीडित गंगाबहादुर दर्नालको सम्पूर्ण उपचार खर्च र उचित क्षतिपूर्ति सुनिश्चित गर्न ढिलाइ गर्नु पनि माग गरिएको छ ।
सम्बन्धित एयरलाइन्समाथि निष्पक्ष छानबिन हुनुपर्छ, दोषी देखिए कडा कारबाही र पीडितलाई क्षतिपूर्ति सुनिश्चित गरिनुपर्छ । साथै, नेपाल सरकार र परराष्ट्र निकायले ट्रान्जिट मुलुकहरूसँग स्पष्ट आपतकालीन प्रोटोकल निर्माण गर्न ढिलाइ गर्नु हुँदैन ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



