नेपालमै ९२ प्रतिशत कन्दमूल उत्पादन भएपछि भारतबाट ८ प्रतिशत मात्र आयात
काठमाडौं– नेपालमै ९२ प्रतिशत कन्दमूल उत्पादन भएको कन्दमूल बजारमा आउन थालेको छ । पछिल्लो समय ९२ प्रतिशत स्वदेशी तरुल र ८ प्रतिशत भारतबाट आउने गरेको कालिमाटी फलफुल तरकारी बजार विकास समितिले जनाएको छ ।

विगतमा स्वदेशी उत्पादनले स्थानीय बजारमा माग आपूर्ति गर्न नसक्ने हुँदा व्यापारीहरूले माघे संक्रान्तिलाई नै लक्षित गरी ठूलो मात्रामा भारतबाट कन्दमूलहरू आयात गरेर बजारमा बिक्री वितरण गर्ने गरेका थिए । तर, पछिल्लो समय नेपाली कृषकहरूले पनि तरुल खेती गर्न थालेपछि माघे संक्रान्तिलाई स्वदेशकै उत्पादन पर्याप्त हुने गरेको व्यापारीहरू बताउँछन् ।
स्वदेशमै ९२ प्रतिशत कन्दमूल उत्पादन हुन थालेपछि आत्मनिर्भरको नजिक पुगेको कालिमाटी फलफुल तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । उनका अनुुसार पुस महिनामा २११ टन विभिन्न तरुल भित्रिएकोमा भारतबाट जम्मा ४७ टन मात्रै आएको छ ।
![]() |
![]() |
![]() |
|---|
भारतबाट आयात हुने ८ प्रतिशत तरुल पनि व्यापारीहरूको आपसी सम्बन्धका कारण आयात हुने गरेको उनले बताए । ‘नेपाली बजारमा माग आपूर्ति गर्न स्वदेशी उत्पादन नै पर्याप्त भइरहेको छ । प्रतिकेजी ४० देखि २५० रुपैयाँसम्मको तरुल बिक्री भएको छ । सबैभन्दा महँगो बन तरुल र स्कुलको जरा छ । स्कुसको जराको मूल्य न्यूनतम मूल्य १८० रुपैयाँ छ भने अधिकतम २ सय रुपैयाँसम्म बिक्री भएको छ ।’ उनले भने ।
बजारमा आएको तरुलमध्ये ४७ प्रतिशत तुरुल सर्लाहीको हो । उनका अनुसार १० प्रतिशत सुनसरीको छ भने अन्य धादिङ, नवपरासी मकावनपुर, कार्भे, झापा, तनहु, गोर्खालगायतका जिल्लाबाट आउने गरेको छ ।
विगत ६÷७ वर्ष अघिदेखि माघे संक्रान्तिका लागि भारतबाट तरुल आउने गरेको गरेको थियो । पछिल्लो समय कृषकले व्यावसायिक रूपमै उत्पादन गर्न थालेपछि माघे संक्रान्तिका लागि भारतबाट आयात गर्नु नपरेको छैन । विभिन्न तरुलको मूल्य थोक बजारमा प्रतिकेजी ४० देखि २५० रुपैयाँ पर्छ । विगत ६÷७ वर्ष अघिदेखि माघे संक्रान्तिका लागि भारतबाट तरुल आउने गरेको गरेको थियो ।
Image Source: © https://mulpatra.com
पछिल्लो समय कृषकले व्यावसायिक रूपमै उत्पादन गर्न थालेपछि माघे संक्रान्तिका लागि भारतबाट आयात गर्नु नपरेको उनको भनाइ छ । विभिन्न तरुलको मूल्य थोक बजारमा प्रतिकेजी ४० देखि २५० रुपैयाँ पर्छ ।
सर्लाही, नवलपरासी, मकावनपुर, काभ्रे, धादिङ, चितवन, पाल्पालगायतका जिल्लामा तरुल खेती हुन्छ । सबै भन्दा धेरै तरुल उत्पादन सर्लाही जिल्लामा नवलपरासी हुन्छ । बजारमा भएको सबै तरुल नेपाली उत्पादन नै भएको व्यापारीले बताएका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



