बालेनको राजीनामा ‘होल्ड’
काठमाडौं– काठमाडौँका मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा नदिने भएका छन् । आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न लागेका छन्। त्यसका लागि उनले मेयरबाट राजीनामा दिने तयारी गरेका थिए ।

‘राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्ने भनेर भनिहाल्न मिल्दैन । जेहोस् अन्तिम समयसम्म होल्ड गर्नुहुन्छ,’ बालेन निकट एक नेताले भने, ‘कांग्रेस अदालत गएको छ, त्यता केही होला, भोलि चुनाव सर्ने वा केही सम्भावना होला । यही अनिश्चितताले गर्दा अहिले राजीनामा होल्ड गरियो ।’
कानुन व्यवसायीसँगको परामर्शपछि राजीनामा नदिने निर्णयमा पुगेका हुन् । यद्यपि उनी आज पहिलो पटक रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
बालेन रास्वपाको वरिष्ठ नेता हुन् । रास्वपा केन्द्रीय समिति बैठक आजै दिउँसो २ बजे बस्दै छ। उनी त्यसअघि केन्द्रीय कार्यालय जान लागेका छन् ।



