Close

Recent Posts

गोल्डेन फिडर म्यानपावर र जोसेप गिरोहले १६ लाख लिएर स्लोभाकिया पुराएरका ५२ नेपाली अलपत्र

पीडित कामदार भन्दछन् ‘खाना–बस्ने समस्या भयो अब कता जाने’

गोल्डेन फिडर म्यानपावर र जोसेप गिरोहले १६ लाख लिएर स्लोभाकिया पुराएरका ५२ नेपाली अलपत्रपीडित कामदार भन्दछन् ‘खाना–बस्ने समस्या भयो अब कता जाने’
  • ५ माघ २०८२, आईतवार १७:२२

काठमाडौं– स्लोभाकियामा रोजगारीमा म्यानपावरले पठाएका ४० जनाभन्दा बढी युवा अलपत्र अवस्थामा बसेका छन् । गोल्डेन फिडरका सञ्चाक नर बहादुर क्षेत्री र सुरेश परियारले पठाएको उनीहरु स्लोभाकियाको विमानस्थलमा अलत्रप अवस्थामा बसेका छन् ।

mulpatra

मानव तस्करी, अवैध शुल्क असुली र श्रमिकलाई विदेशमा अलपत्र पार्ने यो प्रकरणमा मुख्य आरोपी जिम्जो जोसेफ, नरवहादुर क्षेत्रीको संलग्नता रहेको पीडित कामदारको भनाइ छ ।

७ जान गिरोहले तोकिएको वैधानिक लागतभन्दा अलग्गै प्रत्येक कामदारबाट थप ५ सय युरो असुल्दै आएको देखिएको छ । यही गिरोहले चितवन जिल्लाबाट मात्र २ सयभन्दा बढी नेपालीलाई स्लोभाकिया पु¥याएको र उनीहरू मध्ये धेरैलाई विभिन्न चरणमा अलपत्र पारेको पीडितहरूको दाबी छ ।

mulpatra mulpatra mulpatra

उनीहरुले स्लोभाकिया हुँदै पोल्याण्ड जानका लागि १४ देखि १६ लाख उक्त म्यानपावरमा पैसा तिरेको भिडियो समेत मूलपत्रलाई प्राप्त भएको छ । पीडितले कति दिनदेखि खाना नपाएको र चासो भुँईमा सुतेको भिडियो समेत पठाएका छन् । उनीहरुले दिल्ली हुँदै स्लोभाकिया म्यानपावर लैजान टर्की र अष्ट्रियाको रुट प्रयोग गरेको पीडितले बताएका छन् ।

दिल्लीबाट डिसेम्बर १६ तारिखमा ५२ जना टर्की हँुदै अष्ट्रिया लगियो । कतिपयलाई अष्ट्रिया र स्लोभाकियामा अलपत्र पारिएको छ । केहीलाई पोल्याण्ड लगिएको एक पीडितले मूलपत्रलाई जानकारी दिए ।

पीडित कामदारहरूका अनुसार, स्लोभाकिया जान आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्दै भिसा आवेदनका क्रममा बुझाउनुपर्ने सबै शुल्क उनीहरूले समयमै भुक्तानी गरिसकेका थिए । तर भिसा जारी भइसकेपछि पनि सम्बन्धित म्यानपावरले पैसा १४ लाखभन्दा बढी लिएको उनको भनाइ छ ।

Image Source: © https://mulpatra.com

भिसा प्रक्रिया पूरा भइसकेको अवस्थामा पनि मानव तस्करीमा संलग्न जिम्जो जोसेप नेतृत्वको गिरोहले उनीहरूको पासपोर्ट नियन्त्रणमा राखी फिर्ता नदिँदा कामदारहरू समस्यामा परेका हुन् ।

जोसेप गिरोहकै चितवनस्थित एजेन्ट नवराज भनेर चिनिने नरबहादुर क्षेत्री हाल फरार रहेका छन् । उनी सञ्चालन गर्दै आएको भनिएको कार्यालयमा तालाबन्दी जस्तै अवस्था छ र उनी त्यहाँ भेटिँदैनन् । प्रहरी स्रोतका अनुसार क्षेत्रीमाथि निगरानी राखिएको छ भने घटनासम्बन्धी उजुरी वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार बोर्डमा दर्ता भइसकेको छ ।

मानव तस्करीमा संलग्न जिम्जो जोसेप नेतृत्वको गिरोहको गतिविधि पछिल्ला घटनासँगै मात्र सुरु भएको होइन । स्रोत र पीडितहरूको बयान अनुसार यो गिरोहले पछिल्ला केही वर्षदेखि वैध वैदेशिक रोजगारीको आवरणमा संगठित रूपमा नेपाली कामदारहरूलाई युरोप पु¥याउने, अलपत्र पार्ने र आर्थिक शोषण गर्ने काम गर्दै आएको देखिन्छ ।

जोसेप गिरोहको मुख्य आधार चितवन देखिन्छ । यहाँबाट नवराज भनेर चिनिने नरबहादुर क्षेत्रीमार्फत कामदार संकलन हुने गरेको पीडितहरूको भनाइ छ । क्षेत्री स्थानीय स्तरमा ‘विश्वसनीय एजेन्ट’को रूपमा चिनिन्थे र उनले स्लोभाकिया, क्रोएसिया, रोमानिया जस्ता युरोपेली मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर युवाहरू भेला गर्ने गर्थे ।

चितवनसँगै काठमाडौं, नवलपुर, बारा, पर्सा र मकवानपुरसम्म यो गिरोहको एजेन्ट नेटवर्क फैलिएको देखिएको छ। प्रत्येक जिल्लामा स्थानीय ‘कन्ट्याक्ट पर्सन’ राखी कामदार पठाउने संरचना बनाइएको थियो ।

जोसेप गिरोहको मुख्य ‘वर्किङ मोडल’ भारतको नयाँ दिल्लीलाई ट्रान्जिट हब बनाउनु हो । नेपाली कामदारलाई काठमाडौं–दिल्ली पु¥याइन्छ, त्यसपछि युरोपेली दूतावासमा भिसा प्रक्रिया पूरा गरिन्छ। यही चरणमा कामदारका पासपोर्ट गिरोहको नियन्त्रणमा जाने गरेको छ ।

भिसा जारी भएपछि पनि पासपोर्ट नदिने, थप रकम माग्ने, उडान रोक्ने र अन्ततः कामदारलाई दिल्लीमै अलपत्र पार्ने शैली यस गिरोहको अघिल्लो घटनाहरूमा पनि दोहोरिएको पीडितहरू बताउँछन् ।

कामदारहरूले पासपोर्ट जस्तो संवेदनशील व्यक्तिगत कागजात निजी व्यक्ति वा कम्पनीले नियन्त्रणमा राख्नु गैरकानुनी र श्रमिक अधिकारविपरीत भएको आरोप लगाएका छन् । पासपोर्ट नपाउँदा उनीहरू स्वदेश फर्कनसमेत असमर्थ भएका छन् भने हाल नयाँ दिल्लीमा बसोबास, खानपान र व्यक्तिगत सुरक्षाको गम्भीर संकटमा छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com