Close

Recent Posts

पदभार पछि रास्वपाका आधिकारिक नेता बने बालेन

पदभार पछि रास्वपाका आधिकारिक नेता बने बालेन
  • ५ माघ २०८२, आईतवार १६:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पार्टी कार्यालयमा वरिष्ठ नेताको पदभार ग्रहण गरेका छन् ।

mulpatra

रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् ।

काठमाडौँ महानगरपालिका राजिनामा दिएपछि बालेन रास्वपा कार्यालय पुगेका थिए त्यहाँ उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरेका थिए ।

mulpatra mulpatra mulpatra

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सोही वर्षको बैशाख ३० गते सम्पन्न मतदानबाट ६१ हजार ७६७ मत प्राप्त गरेर शाह काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।