नेपाली कांग्रेसले आज बेलुकीसम्म उम्मेदवार टुंगो लगाउने
काठमाडौं । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि फुटको संघारमा पुगेको नेपाली कांग्रेसका सभापति गगन थापाले आज बेलुकीसम्ममा उम्मेदवारको टुंगो लगाउने बताएका छन् । विधान महाधिवेशनले गगन थापालाई सर्वसम्मत रुपमा गगन थापालाई सभापति चयन गरेको थियो ।

गगन थापाको नेतृत्व विरुद्ध सर्वोच्च गएको शेरबहादुर देउवा समूहसँग समेत सहमति प्रयास रहेको थापाले बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले पार्टीभित्र सहमतिको प्रयास जारी राखेका कारण टिकट वितरणमा केही ढिलाइ भएको भए पनि बेलुकासम्म टुंगो लगाउने बताएका हुन् ।
“उमेदवार छान्ने अन्तिम तयारीमा छौँ । भिन्न तरिकाले गर्नुपर्छ भन्ने प्रयास जारी छ,” उनले भनेका छन्, “तलैबाट छान्नुपर्छ भन्ने विधानमा व्यवस्था गरेका छौँ । कहीँ मिलाइएको छ कहीँ मिलाइएको छैन । निर्वाचन आयोगपछि पनि केही साथीहरु चित्त बुझेन भनेर कानुनी परीक्षणमा जानुभएको छ । तर हिजो साँझसम्म सहमतिको प्रयास रह्यो ।”
![]() |
![]() |
![]() |
|---|
देउवा पक्षले सर्वोच्चको मुद्धा फिर्ता लिए देउवा पक्षका नेतालाई समेत समेटेर उम्मेदवार छनौट गर्ने उपसभापति विश्वप्रकाश शर्माले बताएका छन् । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले बैधानिकता दिइसक्दा पनि साथीहरु मुद्धामा जानुभएको भन्दै शर्माले कांग्रेसलाई विग्रहमा नलैजाने हो भने मुद्धा फिर्ता लिएर एकढिक्का कांग्रेस भएर चुनावमा जाने वातावरण तयार गर्न समेत आव्हान गरेका छन ।



