Close

Recent Posts

सुनमा कीर्तिमानः एकैदिन तोलामा १० हजार ४०० बढ्यो

सुनमा कीर्तिमानः एकैदिन तोलामा १० हजार ४०० बढ्यो
  • ८ माघ २०८२, बुधबार १०:५७

काठमाडौँ । सुनको मुल्यले नयाँ कीर्तिमान बनाइरहेको बेला आज एकैदिन तोलामा १० हजार ४०० बढेर तोलामा दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार तोलामा १० हजार ४०० रुपैयाँ बढेको हो ।

mulpatra

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो । आज बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ ।

mulpatra mulpatra mulpatra

मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।