मेची भन्सारबाट छ महिनामा सात अर्बभन्दा बढीकोअलैँची निर्यातमा
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनामा सात अर्बभन्दा बढीकोअलैँची निर्यात भएको छ । साउनदेखि पुस मसान्तसम्मको अवधिमा रु सात अर्ब १९ करोड ९५ लाखभन्दा बढी मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

मेची भन्सारका अनुसार यो परिमाण गत आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो छ महिनामा रु चार अर्ब ५५ करोड ७० लाख बराबरको अलैँची निर्यात भएको थियो ।
मेची भन्सारबाट चालु आव २०८२÷०८३ को पहिलो पाँच महिनामा रु १० अर्ब ७१ करोड ५४ लाख १३ हजार बराबरको मालवस्तु निर्यात भएको छ ।
![]() |
![]() |
![]() |
|---|
यसै अवधिमा कुकुर र बिरालोको खानाका रूपमा तेस्रो मुलुक निर्यात हुने छुर्पीको निर्यात पनि उल्लेख्य रूपमा बढेको छ । चालु आवको अर्धवार्षिक अवधिमा रु ७६ करोड पाँच लाख मूल्य बराबरको चार लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ६६ दशमलव २ प्रतिशतले वृद्धि हो ।



