Close

Recent Posts

जेन्जी आन्दोलनको घटना छानबिन उच्चस्तरीय जाँचबुझ आयोगको आज म्याद सकिँदै

जेन्जी आन्दोलनको घटना छानबिन उच्चस्तरीय जाँचबुझ आयोगको आज म्याद सकिँदै
  • ९ माघ २०८२, बिहीबार ११:००

काठमाडौँ– भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’क्रमका हिंसात्मक घटना अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको थपिएको समयसीमा आज सकिएको छ ।

mulpatra

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगको म्याद थप्नेबारे छलफल पनि चलेको छ । भदौमा तीन महिनाको कार्यादेशसहित गठन भएको आयोगको काम नसकिएपछि एक महिना म्याद थप भइसकेको थियो ।

आयोगले प्रतिवेदन लेखनको ८० प्रतिशत भएकाले म्याद थप्न चाहेको छ । केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगले दुई साता थप समय मागेको थियो ।

mulpatra mulpatra mulpatra

राज्य पक्ष प्रदर्शनकारीका तर्फबाट भएको जनधनको क्षतिको मुख्य कारण र दोषी पत्ता लगाउने जिम्मेवारी पाएको आयोगले खासै काम नगरेको जस्तो देखिएको थियो भने जिल्ला दौडाहामा जाँदा दलका नेताहरुको आक्रोशमा परेर फर्किएको थियो ।

यता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्थानहद लगाए पनि पछि लिखित बयानपछि स्थान हद पनि फुकुवा भएपछि आयोग झन निस्कामी देखिएको भन्दै आलोचना भएको छ ।