Close

Recent Posts

नेपाल डेरी एशोसिएसनको अध्यक्षमा प्रल्हाद दाहाल सर्वसम्मत

नेपाल डेरी एशोसिएसनको अध्यक्षमा प्रल्हाद दाहाल सर्वसम्मत
  • १० माघ २०८२, शुक्रबार ११:००

काठमाडौं । नेपाल डेरी एशोसिएसनको ९ औँ राष्ट्रिय महाधिवेशनबाट प्रल्हाद दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । पनौतीको रैथाने भिल्लामा सम्पन्न २७ औँ वार्षिक साधारण सभा, स्थापना दिवस तथा ९ औँ राष्ट्रिय महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

mulpatra

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता र अध्यक्ष दाहालकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको निर्वाचन समितिका संयोजक प्रल्हाद महतले जानकारी दिए । उनले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण समेत गराएका थिए ।

नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षमा दीपप्रसाद धमला चयन भएका छन् भने उपाध्यक्षहरुमा मनोजकुमार यादव, योगेन्द्र चिमौरिया, कर्णबहादुर हमाल, मनोजकुमार घिमिरे, दयाराम भण्डारी र रामभक्त दाहाल रहेका छन् । महासचिवमा हेमचन्द्र खनाल, सचिवमा शिवहरी आचार्य र कोषाध्यक्षमा शिवलाल भुषाल चयन भएका छन् ।

mulpatra mulpatra mulpatra

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि तथा पशुपालन क्षेत्र भएको उल्लेख गर्दै उत्पादनमुखी नीति निर्माणमा प्रदेश सरकार गम्भीर रहेको बताए । उत्पादन घट्नु र आयात बढ्नु चुनौतीपूर्ण विषय भएको भन्दै उनले कृषक र डेरी व्यवसायीसँग सरकार सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष दाहालले दुग्ध क्षेत्रले भोग्दै आएका समस्या, कच्चा दूधको मूल्य, बजार व्यवस्थापन र नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, कृषि तथा पशुपन्छी मन्त्रालयका महानिर्देशक उमेश दाहाललगायतले दुग्ध क्षेत्रको विकासका लागि समन्वय आवश्यक रहेको बताए ।

महाधिवेशनको अवसरमा पूर्व सचिव डा। बंशी शर्मालाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ भने उत्कृष्ट सञ्चारकर्मी पुरस्कार मोतीराम तिमल्सिनालाई प्रदान गरिएको थियो । विभिन्न क्षेत्रका व्यक्तित्व तथा संस्थाहरुलाई दीर्घसेवा, उत्कृष्ट प्रदेश तथा जिल्ला समिति तथा व्यवसायिक सम्मान समेत प्रदान गरिएको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com