सुनको मूल्य ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदीको ६ हजार ४८०
काठमाडौं– आज पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको हो । शुक्रवार प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राखेको छ । आज चाँदी प्रतितोला २९० रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको महासंघले जनाएको छ । शुक्रवार प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ६ हजार ४८० रुपैयाँ पुगेको छ ।
![]() |
![]() |
![]() |
|---|



