राष्ट्रिय सभामा गठबन्धन दल विजयी, कांग्रेस बन्यो ठूलो दल

राष्ट्रिय सभामा गठबन्धन दल विजयी, कांग्रेस बन्यो ठूलो दल
  • १२ माघ २०८२, आईतवार २०:१०

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनमा गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार ९५.६८ प्रतिशत मतदान भएको यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच भएको गठबन्धन प्रभावकारी देखिएको हो। १८ पदमध्ये एक पदमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भए भने बाँकी १७ सिटमा गठबन्धनकै उम्मेदवारहरू विजयी भएका छन्। निर्वाचन परिणामअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट प्राप्त गरेको छ।

mulpatra

यस निर्वाचनसँगै राष्ट्रिय सभामा दलहरूको शक्ति सन्तुलन पनि फेरिएको छ। यसअघि १५ सदस्यमा सीमित कांग्रेस अब ९ सदस्य थपिँदा २४ सिटसहित राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ। यससँगै नेकपा एमाले १७ सदस्यमा झरेको छ भने एमालेका मनोनीत सांसद अन्जान शाक्यसहित कुल ११ सदस्य हुनेछन्। राष्ट्रिय सभामा जसपाका ३, राष्ट्रिय जनमोर्चाका १ सदस्य रहनेछन्।

प्रदेशगत रूपमा कोशीबाट सुनिलबहादुर थापा (कांग्रेस), रोशनी मेचे र सोमनाथ पोर्तेल (एमाले) निर्वाचित भएका छन्। मधेस प्रदेशबाट धर्मेन्द्र पासवान र रञ्जित कर्ण (कांग्रेस), महन्थ ठाकुर (लोसपा) र रेखाकुमारी झा (एमाले) विजयी भए। बागमतीबाट गीता देवकोटा (कांग्रेस) र प्रेमप्रसाद दंगाल (एमाले) निर्वाचित भए भने गण्डकीबाट सम्झना देवकोटा (एमाले) र जगत तिमिल्सिना (कांग्रेस) निर्वाचित भएका छन्।

mulpatra mulpatra mulpatra

लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे र चन्द्रबहादुर केसी (कांग्रेस) तथा रामकुमारी झाँक्री )एमाले) निर्वाचित भए। कर्णालीबाट ललितजंग शाही (कांग्रेस) र मीनासिंह रखाल (एमाले) तथा सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी (एमाले) र खम्मबहादुर खाती (कांग्रेस) राष्ट्रिय सभा सदस्य बनेका छन्।

यस निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी नभए पनि गठबन्धन दलहरूको संगठित तालमेलका कारण राष्ट्रिय सभामा कांग्रेस निर्णायक शक्तिका रूपमा स्थापित भएको छ। यो चुनावमा ९ जना थपिएसँगै राष्ट्रियसभामा कांग्रेस २४ सिट सहित ठुलो दलह हुनेछ भने अहिलेको ठूलो दल नेकपा १७ सदस्यमा झर्नेछ ।