भारतमा विमान दुर्घटना, महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
काठमाडौं । भारतको बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ।

६६ वर्षीय अजित पवार जिल्ला परिषद् निर्वाचनअघि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए, सोही क्रममा दुर्घटना भएको हो।
अजित पवारसँगै दुर्घटनामा उनका सुरक्षा कर्मचारी विधित जाधव, पाइलटहरू सुमित कपूर र शम्भावी पाठक, तथा अर्की यात्रु पिंकी जाधवको पनि ज्यान गएको भारतीय मिडियाले बताएका छन्।
![]() |
![]() |
![]() |
|---|
बुधबार बिहान ८ः४५ बजे बारामतीमा उनको विमान दुर्घटनाग्रस्त भएको थियो। विमान अवतरणको क्रममा धावनमार्गको छेउतिर चिप्लिएर दुर्घटनाग्रस्त भएको बताइएको छ ।



