Close

Recent Posts

निर्वाचन आयोगले तोक्यो ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत

निर्वाचन आयोगले तोक्यो ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत
  • १५ माघ २०८२, बुधबार १४:०२

काठमाडौं– निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि ७७ वटै जिल्लाका लागि निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ ।

mulpatra

आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी ४ माघ, २०८२ राति १२ बजेबाट लागू गरिसकेको छ।

जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको हो ।

mulpatra mulpatra mulpatra

आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फरक–फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको पनि आयोगले जनाएको छ ।