Close

Recent Posts

परराष्ट–श्रम मन्त्री बैरो बन्दा यूएई प्रहरी रिपोर्टमा २० हजार ठगिन थाले कामदार, जेनजी मन्त्री बिचौलियाबाट प्रभावित

५० प्रतिशत भिसा नै रद्द हुँदा डलरे आइएनजिओ र एनजिओ चुपचाप

परराष्ट–श्रम मन्त्री बैरो बन्दा यूएई प्रहरी रिपोर्टमा २० हजार ठगिन थाले कामदार, जेनजी मन्त्री बिचौलियाबाट प्रभावित५० प्रतिशत भिसा नै रद्द हुँदा डलरे आइएनजिओ र एनजिओ चुपचाप
  • १६ माघ २०८२, बिहीबार १५:३७

काठमाडौं– जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा विभिन्न समस्या देखिए । तर सरकारले समाधान गर्न चासो दिएन कनि जानकारी पाएन भन्ने प्रश्नको विषय बनेको छ ।

mulpatra

जेनजी आन्दोलनपछि भिसा प्रक्रियामा प्रहरी रिपोर्ट नेपालस्थित युएई दूतावासबाट प्रमाणीकरण गराउन भिएफएस नामक निजी संस्थालाई १४ हजार २ सय तिर्नुपर्ने भएपछि समस्याको सुरुवात गरेको छ । यस विषयमा म्यानपावर व्यवसायी परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पटक–पटक ध्यानाकर्षण गराए । तर दुवै मन्त्रालयले चासो दिएन ।

म्यानपावर व्यवसायीको टिमले परराष्ट्रमन्त्री बालानन्द शर्मालाई समेत प्रहरी रिपोर्टका कारण यूएईको रोजगारीमा समस्या भइरहेको विषयमा ध्यानाकर्षण गराएका थिए । उनले कुटनीतिक तहमा पहल गर्ने मात्र भने । तर अहिलेसम्म कुटनीतिक पहल थालेनन् ।

mulpatra mulpatra mulpatra

परराष्ट्र मन्त्रीजस्तै श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीलाई समेत व्यवसायीले यूएई प्रहरी रिपोर्टको समस्याका बारेमा जानकारी र ध्यानाकर्षण गराए । तर दुवै मन्त्रीले यस विषयमा चासो नदिएपछि म्यानपावर व्यवसायीले बिचौलियाको गिरोहको प्रभाव परेकको आरोप लगाउन थालेका छन् ।

युएई भिसा प्रक्रिया नेपाल प्रहरीको असल चालचलन रिपोर्ट युएई राजदूतावासबाट प्रमाणीकरण गराउँदाको आर्थिक भार मात्र होइन । दूतावासबाट प्रमाणीकरण गरिएको रिपोर्टमा पनि रोजगारदाता देशले ५० प्रतिशतभन्दा बढी भिसा रिजेक्सन हुन थालेको व्यवसायीको गुनासो छ ।

परराष्ट्र मन्त्रीले पुस २९ गते आफूले समस्याको चुरो बुझेको र श्रममन्त्री राजेन्द्रसिंह भण्डारीसँग छलफल र सहकार्य गरेर समाधान दिने आश्वासन दिएका थिए । तर दुवै मन्त्रीले नेपालस्थित युएई दूतावास छलफल गर्न सकेन । यसको जेनजी सरकारले पनि युवाकै हकहितमा बोल्न नसकेको व्यवसायीको बुझाइ छ ।

Image Source: © https://mulpatra.com

नेपाल प्रहरीले जारी गरेको क्युआर कोडसहितको चालचलन प्रमाणपत्रलाई परराष्ट्र मन्त्रालयले प्रमाणित गरिसकेपछि पनि पुनः नेपालमै रहेको युएई राजदूतावासले भिएफएसमार्फत भिसा अप्लाई हुनुअगाडि नै १४ हजार २ सय रुपैयाँ कामदार तिर्नुपर्ने बाध्यता छ । यो त तिर्नुपर्ने पैसा मात्र हो । कतिपय बिचौलियाले कामदारसँग ३–४ हजार कमिशन लिएर छिटो काम गर्ने भने ठगि रहेका छन् ।

भिएफएस खर्चसहित ४० हजारसम्म कामदारले खर्चिनुपरेको छ । फेरी भिसा रिजेक्ट हुने सम्भावना हुन्छ । त्यही भएर यूएईको रोजगारीको आकर्षण घट्न थालेको एक म्यानपावर व्यवसायीले जानकारी दिए ।

‘भिएफएसबाट प्रहरी रिपोर्ट लिएपछि ३ महिनाको अवधि हुने एउटा प्रहरी रिपोर्ट बनाउन आधा महिना कुर्नुपर्ने अवस्था छ । फेरी ढिलो भयो भने अर्को प्रहरी रिपोर्टमा फेरी ४० हजार खर्च हुन्छ ।’ उनले भने

यूएई प्रहरी रिपोर्ट संघका अध्यक्ष भुवन गुरुङसहित ५ जना म्यानपावर सञ्चालकको सेटिङमा ल्याएको भनेर मूलपत्र डटकमले रिपोटिङ समेत गरेको थियो ।

डलरे आइएनजिओ र एनजिओ कता छन् ?

यूएई जाने कामदार ठगि रहेका बेला वैदेशिक रोजगारीमा जाने कामदारकै आसु र उनीहरुकै तथ्यांक बेचेर आफनो संस्था चलाइरहेका अन्तर्राष्ट्रिय श्रम संगठन र नेपालमै सञ्चालित एनजिओ कहाँ छन् भन्ने प्रश्न उठ्न थालेको छ ।

त्यसमा पनि आइएलओको पैसा खाएर राजनीतिक गरिरहेका ट्रेड युनियनहरू कहाँ छन् भन्ने अर्को प्रश्नको विषय बनेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको हकहितमा पाँचतारे होटलका सेमिनार गर्ने र म्यानपावर व्यवसायीसहित केही संस्था पाल्दै आएको आइएलओ पनि यूएईको प्रहरी रिपोर्टका विषयमा किन चुपचाप छ भन्ने ठुलो प्रश्नको विषय हो ।

नेपालमा कामदारकै नाममा डलर ल्याएर आफनो खर्चिने एनजिओ समेत कहिले सम्म यस विषयमा केही बोलेका छैन ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com