दार्चुला पगेको बालेन हेर्न चिसो पनि समर्थक भीड
काठमाडौं– सुदूरपश्चिमको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दार्चुला पुगेका छन् ।

बुधबार अपराह्न दार्चुलाको गोकुलेश्वर पुगेका शाहले स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्। उनले चुनावी तयारीका विषयमा दार्चुलाका रास्वपा उम्मेदवार राजेशसिंह सामन्तसँग छलफल गरेका छन् ।
उनी गोकुलेश्वर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो। वरपरका गाउँबाट उनलाई हेर्न सर्वसाधारण गोकुलेश्वर पुगेका थिए ।
उनी तीन दिनअघि काठमाडौँबाट पश्चिम तराईतिर लागेका थिए। बर्दियामा चुनावी भेटघाटपछि सुदूरुपश्चिम गएका थिए ।
![]() |
![]() |
![]() |
|---|
मंगलबार कैलाली र कञ्चनपुरका चुनावी कार्यक्रममा व्यस्त रहेका थिए। आज बिहानै कैलालीबाट डडेल्धुरा, बैतडी हुँदै दार्चुला पुगेका हुन् ।



