डेरी क्षेत्र बलियो र प्रतिस्पर्धात्मक हुँदा देश अर्थतन्त्रसँगै कृषि क्षेत्र चलायमान हुन्छः डेरी एसोसिएसन दाहाल (भिडियो अन्तरवार्ता)
काठमाडौं– नेपाल डेरी एसोसिएसनको २७ औं वार्षिक साधारणसभा, स्थापना दिवस तथा नवौं राष्ट्रिय महाधिवेशनबाट प्रह्लाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन । उनले यस क्षेत्रमा २० वर्षदेखि योगदान समेत गदै आएका छन् ।

दैनिक ७२ लाख दुध उत्पादन हुन्छ तर ३१ लाख दुध मात्र बजारमा आउने गरेको उनले बताएका छन् ।
कृषि तथा पशुपन्छी क्षेत्रले नेपालको आर्थिक र सामाजिक रूपान्तरणमा ठूलो टेवा पुर्याउँदै आएको उनले बताए । यसमा पनि दुग्ध क्षेत्रको ठूलो योगदान रहेको छ ।
यस क्षेत्रले ६ लाख कृषक परिवार ४५ हजार उद्योग क्षेत्रमा रोजगार, दैनिक ६ करोडभन्दा बढी नगद शहरबाट गाउँसम्म प्रवाह, २ अर्ब भन्दा बढी राजस्व संकलन, पूर्ण पौष्टिक आहारको पूर्णता लगायत धेरै योगदान सहितको भूमिका दुग्ध क्षेत्रले खेल्दै आएको दाहालको दाबी छ । ‘भूकम्प, नाकाबन्दी, कोभिड जस्ता विपत्ति आउँदा पनि उद्योग र दुग्ध कृषकको सम्बन्धमा कहिल्यै पनि आफनो उत्पादन र किसानलाई समस्या भएन ।’ उनले भने
![]() |
![]() |
![]() |
|---|
डेरी उद्योग बहुआयामिक क्षेत्र हो । यो क्षेत्र आफैमा धेरै क्षेत्रसँग अन्तरसम्बन्धित हुने भएकोले यो क्षेत्रमा हुने विकासले अन्य धेरै क्षेत्रलाई सहयोग हुने उनको भनाइ छ ।
नेपालमा पशुपालनमा विस्तार हुँदै जाँदा कृषि क्षेत्रबाट उत्पादन हुने दाना उद्योगहरु पनि फस्टाउँदै जान्छन् । यसबाट पशुपालनबाहेकका अन्य कृषकलाई पनि अप्रत्यक्ष रुपमा सहयोग मिल्ने उनी बताउँछन् ।
उनका अनुसार नयाँ नयाँ अनुसन्धान र विकास अघि बढ्दै जाने हो भने भोलिलका दिनमा उच्च नश्ल भएका गाईभैंसी विदेशमा बिक्री गरी प्रशस्त विदेशी मुद्रा आर्जन गर्नसक्ने अवस्था पनि रहन्छ ।
Image Source: © https://mulpatra.com
हाल बजारको समस्या बाहेक व्यवसाय गर्न खोज्नेलाई उचित तालिमको अभाव, बैंकिङ कर्जा र सरकारी अनुदान प्राप्त गर्न असहजता, नीतिगत झन्झट, उद्योग चलाउनका लागि जग्गाको समस्या, गुणस्तर सुधारमा लागि राज्यको सहयोग आवश्यक पर्ने उनले औंल्याए ।
सरकार बलियो हुँदा देश बलियो बनेजस्तै, डेरी क्षेत्र बलियो र प्रतिस्पर्धात्मक बन्दै जाँदा कृषि क्षेत्रदेखि उद्योग, व्यापार र सेवामूलक क्षेत्र विस्तार गर्नुपर्ने उनको माग छ ।
भिडियो अन्तरवार्ता
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



