Close

Recent Posts

डेरी क्षेत्र बलियो र प्रतिस्पर्धात्मक हुँदा देश अर्थतन्त्रसँगै कृषि क्षेत्र चलायमान हुन्छः डेरी एसोसिएसन दाहाल (भिडियो अन्तरवार्ता)

डेरी क्षेत्र बलियो र प्रतिस्पर्धात्मक हुँदा देश अर्थतन्त्रसँगै कृषि क्षेत्र चलायमान हुन्छः डेरी एसोसिएसन दाहाल (भिडियो अन्तरवार्ता)

अमेरिकाको भेनेजुएलामाति तत्काल एक्सन, तेल उद्योगमा विदेशी कम्पनीलाई लगानीका लागि नयाँ कानुन ल्यायो

अमेरिकाको भेनेजुएलामाति तत्काल एक्सन, तेल उद्योगमा विदेशी कम्पनीलाई लगानीका लागि नयाँ कानुन ल्यायो
  • १७ माघ २०८२, शुक्रबार २१:१५

काठमाडौं– भेनेजुएलाको संसद्ले विदेशी कम्पनीलाई देशको तेल उद्योगमा सहभागी हुन सहज बनाउने नयाँ कानुन पारित गरेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजको समर्थनमा पारित यस सुधारले हाल राज्य स्वामित्वको पीडीभीएसएको नियन्त्रणमा रहेको तेल क्षेत्रमा विदेशी कम्पनीलाई आफ्नै जोखिम र लगानीमा तेल क्षेत्र सञ्चालन गर्न अनुमति दिनेछ ।

mulpatra

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलामा अमेरिकी लगानी चाहेको सन्देश दिँदै आएका बेला यो कदम चालिएको हो । भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको र नयाँ कानुनले त्यसबाट देशको आम्दानी बढाउन मद्दत गर्ने रोड्रिगेजले बताएको सीएनएनले जनाएको छ ।

संसद्का अध्यक्ष होर्खे रोड्रिगेजले यो सुधारले अविकसित तेलक्षेत्रमा उत्पादन बढाई जनताको जीवनस्तर सुधार्ने दाबी गरेका छन् । संसद्ले दोस्रो वाचनमा सर्वसम्मत रूपमा कानुन पारित गरेको हो, जसलाई अब हस्ताक्षर र प्रकाशनपछि कार्यान्वयन गरिनेछ ।

mulpatra mulpatra mulpatra

यसैदिन अमेरिकी अर्थ मन्त्रालयले भेनेजुएलाको तेल क्षेत्रमा लगाइएका केही प्रतिबन्ध खुकुलो बनाउँदै अमेरिकी कम्पनीलाई तेलको खरिद–बिक्री, भण्डारण र ढुवानीजस्ता गतिविधि गर्न अनुमति दिएको छ ।