Close

Recent Posts

स्थानीय निर्वाचन अघि नै नियमित महाधिवेशन हुने कांग्रेस सभापति गगन थापाको भनाई

स्थानीय निर्वाचन अघि नै नियमित महाधिवेशन हुने कांग्रेस सभापति गगन थापाको भनाई
  • १८ माघ २०८२, शनिबार १३:५४

काठमाडौँ । विशेष महाधिवेशनले सर्वसम्मत रुपमा चयन गरेको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नियमित महाधिवेशन चाँडै गर्ने बताएका छन् । काठमाडौंमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति थापाले प्रदेश र स्थानीय निर्वाचन भन्दा पहिला नै कांग्रेसको नियमित महाधिवेशन भइसक्ने बताएका हुन

mulpatra

थापाले अबदेखि चुनावमा उम्मेदवार छान्ने प्रक्रियालाई वडास्तरसम्म लैजाने बताएका छन् । उनले भने, ‘अब नेपाली कांग्रेसको चुनावको टिकट प्राइमरीबाट वडाको साथीहरूले छान्नुहुन्छ, तलको साथीहरूले छान्नुहुन्छ। प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु पर्दैन ।’

सभापति थापाले कांग्रेस अब परिवर्तनतर्फ अघि बढिरहेको बताउँदै कांग्रेसले पार्टीभित्र पनि भागबण्डा नगर्ने र बाहिर पनि नगर्ने घोषणा गरे । सबैलाई समान व्यवहार गर्ने गरी पार्टी चल्ने बताएका छन् ।

mulpatra mulpatra mulpatra