Close

Recent Posts

आजदेखि जापान भ्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल

आजदेखि जापान भ्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल
  • १९ माघ २०८२, आईतवार ०८:१०

काठमाडौं । आजदेखि राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा जादैछन् । जापानको चार दिने औपचारिक भ्रमणमा निस्केका राष्ट्रपति पौडेल २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

mulpatra

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति जापान जान लागेका हुन् । पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल एयरलाइन्सको उडानबाट जापान प्रस्थान गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने र सोही दिन प्रधानमन्त्री सनई ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

mulpatra mulpatra mulpatra

राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।