स्याङ्बाको अध्यक्षतामा तामाङ व्यवसायीहरूको नयाँ कार्यसमिति
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी तामाङ समाजको तेस्रो राष्ट्रिय अधिवेशन एवं आठौं साधारण सभाले वैदेशिक रोजगार व्यवसायी मोहन स्याङ्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

शुक्रबार भएको समाजको साधारण सभाले सर्वसम्मतिले निर्विरोध रूपमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा रामध्वज लामा, महासचिवमा लिल पाख्रिन तामाङ र सचिवमा राजकाजी भ्लोन र सोम लो तामाङ तथा कोषाध्यक्षमा तारा तामाङ निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यहरूमा रमेश पाख्रिन तामाङ, इन्द्रबहादुर लामा, पूर्णबहादुर तामाङ, सोमबहादुर तामाङ, सरोज गोले तामाङ र रामबहादुर लामा तामाङ चयन भएका छन् ।
![]() |
![]() |
![]() |
|---|
विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको समाजले तामाङ समुदायका ऐतिहासिक तथा धार्मिकस्थलहरूमा पर्यटन प्रवर्धनका लागि सहयोग गर्ने नवनिर्वाचित अध्यक्ष स्याङ्बाले बताए ।



