Close

Recent Posts

होटल–निर्माण क्षेत्रमा अमेरिकाले ६५ हजार विदेशी मौसमी कामदार लिने, नेपालीलाई पनि अवसर

होटल–निर्माण क्षेत्रमा अमेरिकाले ६५ हजार विदेशी मौसमी कामदार लिने, नेपालीलाई पनि अवसर
  • १९ माघ २०८२, आईतवार ११:१०

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सेप्टेम्बर ३० सम्मका लागि करिब ६५ हजार थप ‘एच–२बी’ मौसमी कामदार भिसा उपलब्ध गराउने भएको छ।

mulpatra

फेडरल रजिस्टरमा प्रकाशित सूचना अनुसार, अमेरिकी कामदारको अभावका कारण गम्भीर आर्थिक संकटको जोखिममा रहेका रोजगारदाताहरूलाई यी भिसा उपलब्ध गराइनेछ।

भिसाको संख्या पूर्व राष्ट्रपति जो बाइडेन र ट्रम्पको अघिल्लो कार्यकाल (२०१७–२०२१) मा पनि थप गरिएको थियो। होटल लगायत मौसमी व्यवसायका रोजगारदाताहरूले थप भिसाका लागि माग गर्दै आएका थिए। ट्रम्पको आक्रामक अध्यागमन कारबाहीका कारण कतिपय निर्माण व्यवसायीहरूले कामदारको अभाव भएको गुनासो गरेका छन्।

mulpatra mulpatra mulpatra

यो कदमले निर्माण, हस्पिटालिटी (होटल तथा सत्कार), ल्याण्डस्केपिङ र सीफुड प्रोसेसिङ जस्ता व्यवसायका लागि प्रत्येक वर्ष उपलब्ध हुने ६६ हजार भिसाको संख्यालाई झण्डै दोब्बर बनाउने समाचार संस्था रोयटर्सले जनाएको छ । यी क्षेत्रका अमेरिकी रोजगारदाताहरूलाई कामदार पाउन गाह्रो भइरहेको कुरालाई यस निर्णयले स्वीकार गरेको छ।

रिपब्लिकन नेता ट्रम्पले सन् २०२५ मा ह्वाइट हाउस फर्किएलगत्तै अध्यागमन विरुद्ध व्यापक कारबाही सुरु गरेका थिए। उनले कानुनी हैसियत नभएका आप्रवासीहरूलाई अपराधी र समुदायका लागि बोझको रूपमा चित्रण गर्दै आएका छन्। उनको प्रशासनले व्यापक यात्रा प्रतिबन्ध तथा शरणार्थी र शरण सम्बन्धी मुद्दाहरूको पुनरावलोकन गर्दै कानुनी अध्यागमनका कतिपय स्वरूपहरूमा पनि कडाइ गरेको छ।

अध्यागमनको संख्या घटाउनुपर्छ भन्ने समूहहरूले भने यी भिसाको विरोध गरेका छन्। उनीहरूका अनुसार, यो निर्णयले अमेरिकी कामदारहरूको पारिश्रमिक घटाउने काम गर्छ। यसैबीच, ट्रम्पले ‘एच–वानबी’ कार्यक्रम मार्फत कामदार भित्र्याउन प्राविधिक कम्पनीहरूलाई कठिन बनाइदिएका छन्। उनले यसमा १ लाख डलर शुल्क थपिदिएका छन्, जसका कारण कानुनी चुनौती समेत सिर्जना भएको छ।

Image Source: © https://mulpatra.com

थप ‘एच–२बी’ भिसा उपलब्ध गराउने सम्बन्धी अस्थायी नियम मंगलबार फेडरल रजिस्टरमा औपचारिक रूपमा प्रकाशित हुने सूचनामा उल्लेख छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com