Close

Recent Posts

घण्टी बजाउँदै चुनावी दौडमा मठमन्दिरमा पुगेका बालेनमाथि ‘नेता कम, अभिनेता धेरै देखाएको आरोप’

घण्टी बजाउँदै चुनावी दौडमा मठमन्दिरमा पुगेका बालेनमाथि ‘नेता कम, अभिनेता धेरै देखाएको आरोप’
  • २३ माघ २०८२, बिहीबार १४:१७

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र साह (बालेन) यतिबेला चुनावी दौडसँगै मठमन्दिरमा धाइरहेका छन् ।

mulpatra

पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत भएका बालेनले यसपटक ‘धेरै नबोल्ने तर धेरैलाई देखिने’ रणनीति लिएका छन् ।

गाडीको छतबाट घण्टी बजाउनु र हात हल्लाउनु नै उनको मुख्य प्रचार शैली बनेको छ । राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल बालेनको यो शैलीलाई चुनावी माहोल तताउने रणनीतिका रूपमा व्याख्या गर्छन् ।

mulpatra mulpatra mulpatra

उनी जहाँ पुग्छन्, त्यहाँ युवाहरूको सेल्फी लिने हानाथाप हुन्छ । तर, उनले कुनै औपचारिक चुनावी सभालाई सम्बोधन गरेका छैनन् ।

सोमबार बेलुका हवाई मार्गबाट भद्रपुर ओर्लिएर उर्लाबारीस्थित ससुराली घरमा बास बसेका बालेन मङ्गलबार दिनभर आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा केन्द्रित रहे ।
बुधबार बिहानैदेखि उनको यात्राले पुनः गति लियो । उर्लाबारीबाट सुरु भएको उनको चुनावी र्याली मोरङको दक्षिण सुनवर्षीको डायनियाँ र रङ्गेली बजार हुँदै प्रदेश राजधानी विराटनगर ११ बजे आइपुग्यो ।

विराटनगरबाट दुहबी र इटहरी हुँदै बालेनको यात्रा सुनसरीको वराहक्षेत्र पुग्यो । त्यहाँ उनले परम्परागत शैलीभन्दा फरक ‘रुट’ रोजे । सप्तकोशी नदीमा जेटबोट चढेर उनी चतरास्थित प्रसिद्ध धार्मिक तथा सांस्कृतिक ढुङ्गा ‘खुवालुङ’ पुगे ।

Image Source: © https://mulpatra.com

किरात सभ्यताको आस्थाको केन्द्र मानिने खुवालुङ पुगेर उनले यसको सांस्कृतिक महत्वबारे सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरे । जल यातायातका लागि खुवालुङ फुटाउने चर्चा चलिरहँदा बालेनले यसलाई ‘सभ्यताको द्वार’ को संज्ञा दिएका छन् ।

कर्णाली र सुदूरपश्चिमको यात्रा सकाएर दोस्रो पटक कोशी प्रदेश छिरेका बालेनको चुनावी दौडभन्दा बढी मन्दिरमा पुग्ने दौड ज्यादा देखिन्छ । यसक्रममा उनलाई भीडले छपक्कै छोप्ने गरेको छ । उनले उम्मेदवार र मतदाताबीच ‘संवाद’ भने गरेको देखिँदैन ।

विराटनगर–२ स्थित पुष्पलालचोक दक्षिणमा रहेको रास्वपाको पार्टी कार्यालयमा उनलाई स्वागत गर्न समर्थक र नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो । सबैले केही बोल्ने कार्यक्रम होला भन्ने ठाने पनि उनको पुरानो शैली कायमै रह्यो ।

आफ्नो प्रिय नेतालाई नजिकबाट देख्न नपाउँदा कतिपय समर्थकमा निराशा पनि देखियो । ‘बालेन त गाडीमा हुइँकिएर आए, छतबाटै घण्टी बजाए अनि गए” विराटनगरमा उनलाई पर्खिरहेका एक युवकले खिन्न हुँदै भने, ‘यी त नेता कम, अभिनेता धेरै रहेछन् । भेटघाट भनिएको छ तर मतदातासँग दुई शब्द बोल्ने फुर्सद छैन ।’

बालेनले फरक शैली अपनाए । उनी गाडीको छतबाटै घण्टी बजाउँदै समर्थकतर्फ हात हल्लाएर सुनसरीतर्फ हुइँकिए । ती युवाले जनताका नेता यस्तो नहुने आरोप समेत लगाए ।

मोरङ क्षेत्र नम्बर ३ का रास्वपा उम्मेदवार गणेश कार्की पनि बालेनको आगमनले चुनावी माहोल आफ्नो पक्षमा बलियो बनेको दाबी गर्छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com