कांग्रेस संसदीय दलको नेता आज चयन हुँदै
काठमाडौँ । आज नेपाली कांग्रेसको संसदीय दलको नेता चयन हुने भएको छ । संसदीय दलको नेताका चयनका लागि आज निर्वाचन गर्ने कार्यतालिका रहेकोले ढिला गरि आज कांग्रेसले संसदीय दलको नेता पाउँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार हिजो मतदाता नामावली प्रकाशन गरिएको थियो । आज ३ बजे उम्मेदवारी दर्ता र अपरान्ह ५ बजे निर्वाचन हुनेछ ।
नेपाली कांग्रेसमा प्रत्यक्षतर्फ जितेका १८ र समानुपातिक प्रणालीबाट सांसद भएका २० गरी ३८ सांसद छन्
काग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दावी गरिरहेका छन् ।
![]() |
![]() |
![]() |
|---|
केसी र आङदेम्बे कांग्रेसका पूर्वसहमहामन्त्री भएका थिए भने आङ्देम्बे दोस्रो संविधानसभा निर्वाचनबाट सभासद् भएका थिए । १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य रहेका आचार्य विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य भएका छन् ।
संसदमा दोश्रो ठुलो दल भएका कारण सरकारमा प्रमुख प्रतिपक्षको भुमिकामा कांग्रेस रहन्छ । संवैधानिक परिषद लगायत विभिन्न स्थानमा प्रमुख प्रतिपक्षको नेता महत्वपूर्ण हुने हुँदा कांग्रेसमा नेता चयनमा सकस रहेको देखिन्छ । खास गरि पार्टी उपसभापति विश्व प्रकाश शर्माले आङ्देम्बे र पार्टी सभापति गगन थापाले केसीलाई दलको नेता चयन गर्न लागिरहेका छन् ।



